आल्भेजमाथि बार्सिलोना ३–१ ले विजयी


२१ माघ २०८०, आईतवार
barcelona

काठमाडौं । स्पेनिस ला लिगा अन्तर्गत बार्सिलोनाले आल्भेजलाई पराजित गरेको छ । गए राति सम्पन्न खेलमा बार्सिलोनाले आल्भेजलाई ३–१ गोल अन्तरले पराजित गरेको हो । बार्सिलोनाको जितमा रोबेर्ट लेवानडोस्की, इके गुनडोगान र भिटोर रोकीले एक एक गोल गरेका थिए ।

त्यस्तै आल्भेजका लागि सामु ओमोरोडीओनले एक गोल फर्काएका थिए । यस खेलमा बार्सिलोनाका भिटोर रोकीले दोहोरो पहेंलो कार्ड पाएपछि खेलको ७२ औं मिनेटमा मैदान छोडेपछि बार्सिलोना १० खेलाडीमा सीमित भएको थियो ।
यो जितपछि बार्सिलोनाको २३ खेलमा ५० अंक भएको छ र लिगमा तेस्रो स्थानमा उक्लिएको छ । त्यसैगरी आल्भेजको भने २३ खेलमा २६ अंक रहेको छ र लिगमा १२औ स्थानमा छ ।

त्यस्तै गए राति सम्पन्न अर्को खेलमा जिरोना रियल सोसियडाडसँग गोलरहित बराबरीमा रोकिएपछि शीर्ष स्थानमा उक्लिने अवसर गुमाएको छ । यो बराबरीपछि जिरोना २३ खेलमा ५६ अंकसहित दोस्रो स्थानमा रहेको छ । त्यस्तै रियल सोसियडाडको भने २३ खेलमा ३७ अंक रहेको छ र लिगमा छैटौं स्थानमा रहेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७