फौजदारी अभियोग लागेका सांसद्काे पद खारेज हुने


१९ जेष्ठ २०७५, शनिबार
province 7 meeting

काठमाडौं १९ जेठ । कुनै फौजदारी अभियोग लागेको सांसद्को पद अब खारेज हुने भएको छ । फौजदार अभियोगमा हत्या, अपहरण, बलात्कार, भ्रष्टाचार लगायतका आपराधिक कार्य संलग्न हुने सांसदको पद खारेज हुने भएको हो ।

province 7 meeting
फाइल तस्बिर

संसदबाट कुनै फौजदारी अभियोग लागेको सांसदको पद खारेज हुने विषयमा भएको छलफलले पद खारेज हुने निर्णय गरेको हो । प्रदेश नम्बर ७ ले यो विषय संसद् हलबाट टुंगो लगाएको छ । प्रदेश नम्बर ७ ले उक्त विषय टुंग्याए पनि संघीय संसदमा भने विचाधिन रहेको छ । गत फागुन २६ गते सभाले पारित गरेको नीति प्रदेश नम्बर ७ ले कार्यान्वयन गर्ने भएको छ । कुनै सांसद्लाई त्यस्तो फौजदारी अभियोग लागेको खण्डामा पक्राउ गरी हिरासतमा राख्ने कानुनमा उल्लेख भएको छ ।

फौजदारी अभियोग लागेको सांसदलाई मुद्दा फैसला नभए सम्म कुनै कार्यमा संलग्न हुन पाउन नियमावलीमा उल्लेख भएको छ । कानुन अधिकृत टेकप्रसाद जोशीले त्यस्तो फौजदारी अभियोग लागेको प्रमाणित भएमा सभामुखलाई जानकारी गराएर पक्राउ गर्न सकिने छ । सांसद पदको खारेजीको नीति फौजदारी अभियोग लागेको सांसद् पुर्पक्षका लागि हिरासतमा रहेको बेला अथवा अदालतले फैसला गरेको सजाय भोगरिरहेको अवधिमा सभामुखले सांसदबाट निलम्बन गर्नुपर्ने छ ।

फौजदारी अभियोग लागेको सांसद पक्राउ सम्बन्धी प्रदेश ७ को प्रदेश सभा नियमावली अन्तर्गत दफा २०९ उपदफा १ उल्लेख भएको छ । भनिएको छ, ‘संविधानको धारा १८७ को उपधारा ६ को व्यवस्था बमोजिम सभाको कुनै सदस्य पक्राउ गरिएको सूचना प्राप्त भएमा सभामुखले त्यसको जानकारी तत्काल दिनेछ ।’

त्यही दफाको उपदफा २ मा पनि उल्लेख भएको छ । त्यहाँ भनिएको छ, ‘बैठक नचलेको अवस्थामा उपनियम १ बमोजिम सूचना प्राप्त भएमा सभामुखले सचिवालयको सूचनापाटीमा सोको सूचना टाँस गर्न लगाइ सञ्चारका अन्य माध्यमबाट त्यसको प्रचार प्रसार समेत गर्न लगाइनेछ ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७