सिटिभी मोबाइलको दशैं तिहार बम्पर उपहार योजना


८ भाद्र २०७४, बिहीबार

ctv

काठमाडौंः सिटिभी मोबाइलले आउटलेट (आधिकारीक बिक्रेता)बाट मोबाइल खरिद गर्ने ग्राहकका लागि दशैं तिहार बम्पर उपहारको योजना ल्याइएको छ ।

ग्राहकहरुले ताम्राकार कम्प्लेक्सको पसल नं ११३, दरबारमार्गस्थित मर्कन्टायल प्लाजामा रहेको एप्पल वल्र्ड मोबाइल, चाबहिलस्थित केएल टावरमा रहेको सिटिभी लिंक इलेक्ट्रोनिक्स र सिटिसीमलमा रहेको द वल्र्डभिजनबाट मोबाइल खरिद गर्नुपर्नेछ ।

दशैं तिहार बम्पर उपहार सँगै आउटलेटबाट एलजीको एल ६० मोबाइल खरिद गर्दा अर्को एक मोबाइल उपहार स्वरुप प्रदान गर्ने जारी विज्ञप्तिमा उल्लेख छ । स्टकमा रहेका मोबाइल ५० प्रतिशत सम्म छुट दिइएको सिटिभी मोबाइलका प्रबन्ध निर्देशक अलाइभ ग्लाइडरले बताए ।

असोज ७ गतेबाट मंसिर ७ गतेसम्म आफ्ना आउटलेटबाट मोबाइल खरीद गर्ने ग्राहकहरुवीच लक्कि ड्र गरि प्रथम हुने एकजनालाई यामाहा कम्पनीको फसिन स्कुटर, दोस्रो हुने एकजनालाई ४२ इन्चको सामसङ टिभी, तेस्रो हुने एकजनालाई हुवावेको पि ९ मोबाइल प्रदान गर्ने भएको छ ।

सान्त्वना पुरस्कारमा हुवावे, सामसुङ, ओप्पो, युएमआई, जियोनी, कलर्श, पानासोनिक, एलजी, सिजी, इन्टेक्स, एमआई, लेनेभो, सोनी, जेटइ, मिजु, माइक्रोसफ्ट मोबाइल कम्पनीका मोबाइल बितरण गरिने जनाएको छ ।

 

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७