पाँच शाखा अधिकृत उपसचिवमा बढुवा सिफारिस


०७:४९ बजे

काठमाडौं । पाँच जना शाखा अधिकृत रात्रपत्रांकित द्वितीय श्रेणी उपसचिवमा बढुवा सिफारिस भएका छन् । बढुवा सिफारिस समितिले बैठकले नेपाल लेखापरीक्षण सेवाका चार जना शाखा अधिकृतलाई कार्यक्षमताको आधारमा उपसचिवमा बढुवाका लागि सिफारिस गरेको हो ।

शाखा अधिकृतबाट उपसचिव बढुवा हुनेमा डुलहरि दाहाल, संगीता फुयाल, पिंकीकुमारी दास र मञ्जु पन्थी रहेका छन् । चार जना उपसचिवमा बढुवाका लागि १६ जनाले उम्मेदवारी दिएकोमा १३ जना सम्भाव्य उम्मेदवार कायम भएका थिए ।

यस्तै नेपाल इञ्जिनियरिङ सेवा सिभिल इन्जिनियरिङ समूहको जनरल उपसमूहतर्फका एक जना शाखा अधिकृत उपसचिवमा बढुवाका लागि सिफारिस भएका छन् । बढुवा सिफारिस हुनेमा वीरबहादुर रावल रहेका छन् । रिक्त रहेको एक पदका लागि सात जनाले उम्मेदवारी दिएकोमा ६ जना सम्भाव्य उम्मेदवार कायम भएका थिए ।

लेखक चिनारी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७