चार करोड र तीन वर्ष कैद फैसला भएकी मन्दिरा नौं वर्षपछि पक्राउ


२१ माघ २०८०, आईतवार
Mandira 1707043951

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले बैंकिङ कसुर मुद्दाकी एक फरार प्रतिवादीलाई झण्डै ९ वर्षपछि पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा काभ्रेपलान्चोकको बनेपा नगरपालिका–६ की ४५ वर्षीया मन्दिरा केसी (कार्की) रहेकी छन् । उनलाई सीआईबीले शनिबार बनेपाबाट पक्राउ गरेर जिल्ला अदालत काठमाडौंमा पेस गरेको छ । सीआईबीका अनुसार मन्दिरा सञ्चालक रहेको घराना डेभलपर्स प्रालिलाई ऋणी बनाएर भक्तपुरस्थत साविको चाँगुनारायण गाविस वडा नम्बर ७ र ९ मा रहेका जग्गाहरू धितो राखेर ऋण निकालिएको थियो । तर, उनीविरुद्ध प्राप्त कर्जा तोकिएको परियोजनामा लगानी नगरी दुरुपयोग गरेको बैंकिङ कसुरमा मुद्दा चलेको थियो ।

मुद्दामा साविक पुनरावेदन अदालत पाटनको २०७१ वैशाख २९ गतेको फैसलाले मन्दिरालाई तीन वर्ष कैद र चार करोड रुपैयाँ जरिवाना हुने ठहर गरेको थियो । तर, उनी फरार थिइन् । उनलाई सीआईबीको टोलीले शनिबार काभ्रेपलान्चोकबाट पक्राउ गरेर फैसला कार्यान्वयनका लागि काठमाडौं जिल्ला अदालतमा पेस गरेको हो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७