सिंहदरबारबाट आरती साहका भाइ र आमा पक्राउ


०७:१० बजे

काठमाडौं । सिंहदरबारबाट आरती साहका भाइ र आमा पक्राउ परेका छन् । उनीहरू विगत लामो समयदेखि आरती साहको न्यायका लागि लड्दै आएका थिए । आरतीको न्यायको लागि सोमवार दिउँसो ज्ञापनपत्र बुझाउन सिंहदरबार छिर्ने क्रममा आमा निर्मलादेवी र भाइ प्रेमलाई प्रहरीले पक्राउ गरेको हो ।

प्रहरीले उनीहरूलाई सिंहदरबारको दक्षिण गेटबाट पक्राउ गरेको हो । उनीहरू दुवै जनालाई अहिले सिंहदरबार प्रहरी वृत्तमा राखिएको छ । गत जेठ ७ गते आरती आफ्नै घर जनकपुरधाम उपमहानगरपालिका–९ थापाचोकमा मृत अवस्थामा फेला परेकी थिइन् । उनको हत्या भएको भन्दै माइती पक्षले प्रहरीमा जाहेरी दिएका थिए ।

यसपछि प्रहरीले आरतीका पति मोतीबाबु र ससुरा मदनमोहन ब्याहुत सुडीलाई पक्राउ गरी अनुसन्धान गरेको थियो । गत मंसिरमा सर्वोच्च अदालतले आरतीका श्रीमान् मोतिबाबुलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो । आरतीका ससुरा मदनमोहन भने एक लाख धरौटीमा छुटेका थिए । आरतीका आमा, बुवा र बहिनी विगत ६ महिनादेखि काठमाडौंमा धर्ना नै बसेका छन् ।

लेखक चिनारी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७