विवाहमा आएका ३५ महिला बेपत्ता


११:५१ बजे

नाइजेरिया । उत्तरपश्चिमी नाइजेरियामा एउटा विवाहबाट फर्किरहेका पाहुनाहरूलाई अपहरणकारीहरूले अपहरण गरेपछि कम्तीमा ३५ महिला बेपत्ता भएको अधिकारीहरूले बताएका छन् । कटसिना राज्यमा भएको सामुहिक अपहरण अफ्रिकाको सबैभन्दा धेरै जनसंख्या भएको मुलुक नाइजेरियामा हालै भएका अपहरणको शृङ्खलामा पछिल्लो सबैभन्दा ठूलो हो ।

प्रहरी प्रवक्ता अबुबकर अलियुले साबुवा क्षेत्रमा विवाहबाट फर्किरहेका माथि संदिग्ध हतियारधारी डाकाहरूले आक्रमण गरी करिब ३५ महिलालाई अपहरण गरेको बताए । राज्यको आन्तरिक सुरक्षा आयुक्त नासिरु मुआजले बेहुलीलाई बेहुलाको घर पुराउने क्रममा दामरी गाउँ फर्किंदै गर्दा ५० भन्दा बढी व्यक्तिलाई नियन्त्रणमा लिइएको बताए ।

‘अधिकारीहरूले गाउँको भ्रमण गरेका छन् र ५३ जनालाई लगिएको बताइएको छ’, उनले भने, ‘डाका लाग्ने क्षेत्रमा अँध्यारोमा नाचगान गर्दै बेहुलीलाई लिएर गाडी चलाउनु निकै जोखिमपूर्ण थियो, डाकाहरूले उक्त अवसरको फाइदा उठाए र उनीहरूलाई आफूसँगै लिएर गए ।’ आयुक्त मुआजले बासिन्दाहरूसँग रातको समयमा यात्रा नगर्न आग्रह गर्दै सुरक्षाकर्मीले अपहृतहरूलाई खोज्ने र उद्धार गर्ने प्रयास गरिरहेको बताए ।

नाइजेरियामा फिरौतीका लागि अपहरण एउटा ठूलो समस्या बनेको छ । आपराधिक गिरोहले राजमार्ग, अपार्टमेन्ट र यहाँसम्म कि स्कुलहरूबाट विद्यार्थीहरूलाई समेत लुट्न निशाना बनाउँछन् । स्थानीयरूपमा डाकुहरू भनेर चिनिने गिरोहले उत्तरपश्चिमी तथा मध्य राज्यहरूका जङ्गलस्थित आधारबाट अपहरण गर्दै आएका छन् । वर्षको प्रारम्भमा अपराधीहरूले राजधानी अबुजा नजिकै पाँच दिदीबहिनीलाई अपहरण गरी फिरौतीको समय समाप्त भएपछि एक बहिनीको हत्या गरेका थिए ।

गत वर्ष मेमा राष्ट्रपतिमा निर्वाचित भएपछि बोला अहमद टिनुबुले असुरक्षालाई सम्बोधन गर्ने आफ्ना प्रमुख वाचाहरूमध्ये एक बताएका छन् । नाइजेरियाले उत्तरपूर्वी क्षेत्रमा जिहादी, उत्तरपश्चिममा आपराधिक मिलिसिया र केन्द्रीय राज्यहरूमा अन्तर–साम्प्रदायिक हिंसाको सामना गरिरहेको छ । नाइजेरियाली रिस्क कन्सल्टेन्सी एसबिएम इन्टेलिजेन्सका अनुसार मेमा टिनुबुले पदभार सम्हालेदेखि नाइजेरियामा तीन हजार नौ सय ६४ व्यक्ति अपहरणमा परेको रेकर्ड गरिएको जनाएको छ । –एएपी

लेखक चिनारी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७