कस्तो छ अहिले सांसद बसन्त नेम्बाङको स्वास्थ्य अवस्था ?


२३ माघ २०८०, मंगलवार
Basanta nembang

काठमाडौं । नेकपा (एमाले) का सांसद वसन्तकुमार नेम्बाङको स्वास्थ्यमा क्रमिकरुपमा सुधार भइरहेको छ । ललितपुरको नेपाल मेडिसिटी अस्पतालमा उपचाररत उनको स्वास्थ्यमा क्रमिक सुधार आइरहेको उनका स्वकीय सचिव गणेश योङहाले जानकारी दिए ।

‘उहाँ बोल्न खोजे पनि प्रस्ष्टसँग बोल्न सक्नु भएको छैन । उहाँले बोलेका कुनै शब्द मात्र बुझिन्छ’, योङहाले भने, ‘सांसद नेम्बाङको स्वास्थ्यमा क्रमिक सुधार भइरहेको छ ।’

अस्पतालमा सांसद नेम्बाङको फिजियोथेरापी नियमित भइरहेको छ । डा. गोपालरमण शर्माको नेतृत्वमा डा. बाबुराम पोखरेल, डा प्रसन्ना कार्की लगायतका चिकित्सकको समूहले उनको उपचार गरिरहेको छ । नेकपा (एमाले) का केन्द्रीय सदस्यसमेत रहेका नेम्बाङ पाँचथरबाट प्रतिनिधिसभामा निर्वाचित भएका हुन् । यही माघ १७ गते ताप्लेजुङ गएकाबेला उनलाई ‘ब्रेन स्ट्रोक’ भएपछि सोही दिन उपचारका लागि काठमाडौँ ल्याइएको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७