कतारका प्रधानमन्त्रीले भने–युद्धविराम प्रस्तावमा हमास सकारात्मक छ


०८:०८ बजे

कतार । कतारका प्रधानमन्त्री शेख मोहम्मद बिन अब्दुलरहमान अल थानीले हमासले गाजा युद्धविराम योजना र बन्धकहरूको रिहाइमा सकारात्मक प्रतिक्रिया दिएको बताएका छन् ।

शेख मोहम्मद बिन अब्दुलरहमान अल थानीको यो प्रतिक्रिया मध्यपूर्वमा आफ्नो नयाँ भ्रमणमा रहेका अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनसँगको भेटपछि आएको हो । कतारका प्रधानमन्त्रीले भने कि हमासको प्रतिक्रिया सामान्यतया सकारात्मक छ। अमेरिकी विदेशमन्त्रीले यसबारे इजरायली नेताहरूलाई जानकारी दिने समेत जनाएका छन् ।

मंगलबार जारी गरिएको विज्ञप्तिमा हमासले युद्धविराम प्रस्तावलाई सकारात्मक भावनामा प्रतिक्रिया दिएको तर अझै पूर्ण युद्धविराम र आक्रमणको अन्त्य चाहेको युरो न्यूजले जनाएको छ । कतारले हमाससँग लामो समयदेखि मध्यस्थता गर्दै आएको छ र युद्धविरामको लागि अमेरिका र इजिप्टसँग काम गरिरहेको छ, जसमा युद्धको दीर्घकालीन रोक र गाजामा अझै पनि रहेका १०० भन्दा बढी बन्धकहरूको रिहाई समावेश गरिएको छ ।

कतारका प्रधानमन्त्रीले हमासको प्रतिक्रियाको बारेमा कुनै विवरण दिएनन् तर सो समूहले टिप्पणी गरेको भने जानकारी दिएका छन । एन्टोनी ब्लिन्केनले अधिकारीहरूले हमासको प्रतिक्रिया पाएको पुष्टि गरे । अल जजीराका अनुसार हमासले बन्धक सम्झौतालाई आधिकारिक रूपमा सकारात्मक प्रतिक्रिया दिएको बताएको छ तर अमेरिका र कतारले गाजामा लडाइँ रोक्न समय लाग्ने बताएका छन् ।

लेखक चिनारी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७