संसदका नव नियुक्त महासचिव पाण्डेयले लिए शपथ (तस्वीरहरु)


२४ माघ २०८०, बुधबार
sapath

काठमाडौं । संघीय संसदका नव नियुक्त महासचिवमा पद्मप्रसाद पाण्डेयले पद तथा गोपनीयताको शपथ लिएका छन् । केहीबेरअघि सभामुख देवराज घिमिरेले संघीय संसदको लोत्से हलमा पाण्डेयलाई शपथ ग्रहण गराएका हुन् । सो कार्यक्रममा उपसभामुख इन्दिरा राना, उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, कानून, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङलगायतको उपस्थिति रहेको थियो ।

1 2

मंगलबार राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्को महासचिवमा पाण्डेयलाई नियुक्त गरेका थिए । मंसिर २५ गते पाण्डेयलाई महासचिवका लागि राष्ट्रपतिसमक्ष प्रतिनिधिसभाका सभामुख र राष्ट्रियसभा अध्यक्षले संयुक्त सिफारिस गरेका थिए । तर, दोहोरो नागरिकतासम्बन्धी विवाद आएपछि पाण्डेयको नियुक्तिमा ढिलाइ भएको थियो ।

2 1

राष्ट्रपति कार्यालयले समेत पाण्डेयको नागरिकताको विवादबारे उल्लेख गर्दै नियुक्तिमा ढिलाइ गरिरहेको थियो । त्यसपछि माघ ३ मा नियुक्तिका लागि सभामुख र राष्ट्रिय सभाका अध्यक्षले पुन राष्ट्रपतिसमक्ष स्मरणपत्र पठाएका थिए । पाण्डेय सिफारिस हुँदा संसद्को सचिव पदमै कार्यरत भएको भन्दै महासचिव नियुक्त गर्न नमिल्ने अडान राष्ट्रपति कार्यालयले राखेको थियो ।

3
4
5
6
7
8
9

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७