अचानक पृथ्वी घुम्न छाड्यो भने के हुन्छ ? थाहा पाउनुहोस् डरलाग्दो कुरा


२५ माघ २०८०, बिहीबार
earth
फाइल फोटो

काठमाडौँ । हाम्रो पृथ्वी आफ्नो कक्षमा घुम्छ, जसको कारण दिन र रात हुन्छ । यसले हाम्रो ग्रहमा जीवन फस्टाउन मद्दत गर्दछ । यो परिक्रमाले पृथ्वीको गुरुत्वाकर्षण बललाई पनि असर गर्छ र समुद्री धारादेखि वायुमण्डलीय परिसंचरण ढाँचासम्म सबै कुरालाई आकार दिन्छ ।

यदि हाम्रो ग्रह एक सेकेण्डको लागि पनि आफ्नो अक्षमा घुम्न रोक्छ भने के हुन्छ ? यो एक काल्पनिक प्रश्न हो, जसमा वैज्ञानिकहरूले धेरै पटक कुरा गरेका छन् । यसै विषयमा हलिउड फिल्म ‘द कोर’ पनि बनेको छ । यदि पृथ्वीको परिक्रमा रोकियो भने यो हाम्रो लागि कत्ति पनि राम्रो हुनेछैन । फिल्म ‘द कोर’ मा पृथ्वीको भित्री भाग अज्ञात बलका कारण सुस्त हुँदै गएको देखाइएको छ । जसका कारण आम मानिसले पनि फिल्ममा अचानक चरा झर्ने र मर्ने जस्ता अनौठो कुरा देख्न थाल्छन् ।

यस प्रश्नको जवाफ स्मिथसोनियन म्यागजिनमा लेखिएको छ कि यदि पृथ्वीको परिक्रमा रोकियो भने यो हाम्रो ग्रहको लागि विनाशकारी हुनेछ । सो म्यागेजिनका अनुसार भूमध्य रेखामा पृथ्वीको परिक्रमा सबैभन्दा छिटो हुन्छ । त्यो लगभग एक हजार माइल प्रतिघण्टा हो । यदि यो गति अचानक रोकियो भने, चट्टान र महासागरहरू हल्लिएर भूकम्प र सुनामी निम्त्याउने छन् ।

यति मात्र होइन, मानिसहरूले पृथ्वीको चुम्बकीय क्षेत्रको असंवेदनशीलता पनि महसुस गर्न सक्छन् । रोटेशन रोक्दा केहि पनि सुरक्षित हुने छैन । रूखहरू जराबाट उखेलिने छन् । एस्ट्रोफिजिस्ट नील डिग्रास टायसनले पनि एक कार्यक्रममा यसबारे कुरा गरेका थिए । उनले भनेका थिए, यदि यस्तो भयो भने पृथ्वीका सबै मानिस मारिने छन् । मानिसहरू झ्यालबाट बाहिर उड्ने छन् । त्यो पृथ्वीको लागि नराम्रो दिन हुनेछ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७