पाकिस्तानमा निर्वाचन : इमरान खानले जेलबाटै हुलाकमार्फत हाले भोट, मोबाइल सेवा बन्द 


२५ माघ २०८०, बिहीबार
pakistan 1

इस्लामबाद । जेलमा रहेका पाकिस्तानी पुर्व प्रधानमन्त्री इमरान खानले मतदान गरेका छन् । पाकिस्तानी समाचार संस्था डान न्युजका अनुसार पूर्व प्रधानमन्त्री खानले हुलाक मतपत्रबाट भोट गरेका हुन् ।

पूर्व प्रधानमन्त्री इमरान खान र अन्य प्रमुख कैदी राजनीतिक व्यक्तित्वहरूले अडियाला जेलबाट हुलाक मतपत्रमार्फत मतदान गरेका सो मिडियाले जनाएको छ । हुलाकमार्फत मतदान गर्ने अन्य राजनीतिक नेताहरूमा पूर्व विदेशमन्त्री शाह महमूद कुरैशी, पञ्जाबका पूर्व मुख्यमन्त्री चौधरी परवेज इलाही, अवामी मुस्लिम लिगका प्रमुख शेख राशिद र पूर्व सूचना मन्त्री फवाद चौधरीसमेत रहेका छन् । तर, हुलाक भोटिङ प्रक्रिया पूरा भएको अवस्था खानकी श्रीमती बुशरा बिबी दोषी ठहर भई पक्राउ परेपछि मतदानमा सहभागी हुन कानुनतः पाइनन् ।

मोबाइल सेवा गराइयो बन्द 
पाकिस्तानमा मोबाइल सेवा ‘अस्थायी रूपमा’ बन्द गरिएको छ । पाकिस्तानको गृह मन्त्रालयका अनुसार बिग्रँदै गएको सुरक्षा अवस्थालाई ध्यानमा राख्दै देशभरका मोबाइल सेवाहरू अस्थायी रूपमा बन्द गर्ने निर्णय गरिएको हो । एक विज्ञप्तिमा मन्त्रालयले भनेको छ, ‘आतंकवादी गतिविधिमा भर्खरैको बृद्धिले बहुमूल्य जीवनको कारणले गर्दा देशको सुरक्षा वातावरण खलबलिएको छ, सुरक्षा खतराहरूबाट जोगाउन उपायहरू लिन आवश्यक छ ।’

पाकिस्तानमा निर्वाचन जारी छ र निर्वाचन अघि भएको आतंकबादी हमलामा हिजो ३० जनाले ज्यान गुमाएका थिए । सो घटना पछि आजको आम निर्वाचनमा ६ लाख ५० हजार भन्दा बढी सुरक्षाकर्मी खटाइएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७