यस्ता छन् मन्त्रिपरिषद बैठकका चार निर्णय


२५ माघ २०८०, बिहीबार
cabinet prachanda new 2 scaled

काठमाडौँ । मन्त्रिपरिषद्को आज (बिहीबार) बसेको बैठकले विभिन्न चार वटा निर्णय गरेको छ । सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले विभन्न मन्त्रालयको प्रस्तावमा चारवटा निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् ।

यस्ता छन् चार निर्णय

–विद्युतीय सुशासन आयोग सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक तर्जुमा गर्न सैद्धान्तिक स्वीकृति दिने ।

–गरिब परिवार पहिचान तथा परिचयपत्र वितरण (पहिलो संशोधन) निर्देशिका, २०८० स्वीकृत गर्ने ।

–रामराजा प्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान पूर्वाधार तयारी विकास समिति (गठन) आदेश, २०८० बमाजेमिको अध्यक्ष पदमा महोत्तरी जिल्ला, साबिक नगरासिश्र्वा १० निवासी डा. परशुराम मिश्रलाई नियुक्त गर्ने ।

–एक पालिका एक हुलाक कायम गर्ने गरी हुलाकको संगठन संरचना परिवर्तन गर्ने। केन्द्रीय धनादेश कार्यालय र टिकट व्यवस्थापन तथा फिलाटेलिक कार्यालय खारेज गर्ने। हुलाक सेवा अन्तर्गतका १,६३६ दरबन्दी खारेज गर्ने ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७