अमर नेम्वाङ साहित्य पुरस्कार विमला तुम्खेवा र बाँस्कोटालाई


२६ माघ २०८०, शुक्रबार
Bimala Tumkhewa

पाँचथर : स्वर्गीय अमर नेम्वाङ स्मृति साहित्य सम्मानबाट यो वर्ष कवि बिमला तुम्खेवा र गिरिराज बाँस्कोटा पुरस्कृत भएका छन् ।

शुक्रबार पाँचथर फिदिममा प्रतिष्ठानद्वारा आयोजित पाँचौँ स्मृति दिवसमा सर्जकहरूलाई सम्मानित गरिएको हो । सम्मानित सर्जकहरूलाई सम्मानपत्रका साथै नगदराशि जनही ५० हजार रुपैयाँ पनि प्रदान गरियो ।

पुरस्कृत स्रष्टाद्वय तुम्खेवा र बाँस्कोटालाई कार्यक्रमका प्रमुख अतिथि फाल्गुनन्द गाउँपालिका अध्यक्ष बृजहाङ आङदेम्बेले कदर पत्रसहित नगद पुरस्कार वितरण गरे ।

पुरस्कृत दुवै स्रष्टा पत्रकार समेत हुन् । तुम्खेवा सञ्चारिका समूह नेपालकी अध्यक्ष हुन् भने बाँस्कोटा पत्रकार महासंघ पाँचथरका अध्यक्ष हुन् ।

प्रतिष्ठानले ज्योति मावि आङसराङकी छात्रा प्रेमा लावतीलाई छात्रवृत्तिबापत नगदराशि १० हजार रुपैयाँ प्रदान गर्यो । त्यस्तै प्रतिष्ठानले पाँचथरका आगलागी र बाढीपहिरोमा ज्यान गुमाएका परिवारलाई राहत पनि वितरण गरेको जनाएको छ ।

यसअघि उक्त सम्मानबाट डा। देवी क्षेत्री दुलाल, मुनाराज सेर्मा, डा। गोविन्दराज भट्टराई, वीर नेम्वाङ, विना थिङ, शारदा सुब्बा, श्रवण मुकारुङ र प्रेम ओझा सम्मानित भइसकेका छन् । यस वर्ष पुरस्कृत स्रष्टाहरू तुम्खेवा र बाँस्कोटा पत्रकार समेत हुन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७