प्रहरीले माग्यो आठ हजार दरबन्दी, जागिर खान चाहनेलाई घर पायकमै अवसर


२० जेष्ठ २०७५, आईतवार
7 Shares
Police

काठमाडौं, २० जेठ । नेपाल प्रहरीले सरकारसँग एकै पटक आठ हजार प्रहरी कर्मचारी थप दरबन्दी माग गरेको छ । प्रहरीले थप दरबन्दीसम्बन्धी प्रतिवेदन गृह मन्त्रालयमा पेस गरिसकेको छ ।

Police
नेपाल प्रहरी । तस्विर : फाइल

प्रहरी प्रधान कार्यालयका अनुसार प्रत्येक स्थानीय तहमा कम्तीमा एउटा प्रहरी युनिट पुर्‍याउन पाँच सयभन्दा धेरै युनिट थपिनु पर्छ । प्रहरीको मुलुकभर अहिले प्रहरी प्रधान कार्यालयसहित दुई हजार ३३५ युनिट कार्यरत छन् । मुलुकको प्रत्येक स्थानीय तहमा कम्तीमा एउटा प्रहरी युनिट आवश्यक रहेको निष्कर्षसहित प्रहरी प्रधान कार्यालयले थप दरबन्दी माग गरेको हो ।

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT

नेपाल प्रहरीका प्रवक्ता एसएसपी शैलेश थापाले सरकारसँग आठ हजार प्रहरी कर्मचारीको थप दरबन्दी माग गरिएको जानकारी दिएका छन् । ‘मुलुकको प्रत्येक स्थानीय तहमा प्रहरीको उपस्थिति हुन कम्तीमा एक युनिट राख्नै पर्ने उनी बताउँछन् । ‘यसका लागि गृह मन्त्रालयसँग थप दरबन्दी माग गरिएको छ,’ उनले भने ।

सिपाहीदेखि एसएसपीसम्म

jagdamba.cement
rbbbb

प्रहरी प्रधान कार्यालयका अनुसार थप दरबन्दीमा सिपाहीदेखि एसएसपीदेखिसम्मको दर्जा रहेका छन् । मुलुक संघीय संरचनामा गएपछि प्रत्येक प्रदेशमा प्रदेश प्रहरी संगठन खडा गरिनु पर्ने भएका कारण पनि सोही संरचनाअनुसार दरबन्दी माग गरिएको प्रहरी प्रवक्ता थापाले जानकारी दिएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७