गृहमन्त्री र वातावरण मन्त्री नै सवारी प्रदूषण जाँच्न निस्किएपछि…


२० जेष्ठ २०७५, आईतवार
checking 2 20180603032145

काठमाडौं, २० जेठ । यातायात क्षेत्रको सिण्डिकेट तोड्न सफल गृहमन्त्री रामबहादुर थापा र वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेत आइतबार अनौठो पोसाक लगाएर एकाएक सडकमा देखिए ।checking 2 20180603032145

हरियो रङ्गको लामो गाउन र मुखमा मास्क लगाएर उपकरणसहित सडकमा मन्त्रीहरु आएपछि सर्वसाधरणले एकछिन त अनौठो माने । अनि मन्त्रीद्वयको टोलीले धमाधम सवारीको प्रदूषण मात्रा जाँच्न थालेपछि मात्र वरपरका सर्वसाधरणले मन्त्रीको आमगनको उद्देश्य थाहा पाए ।

गृहमन्त्री रामबहादुर थापा र वन तथा वातावरण मन्त्री शक्तिबहादुर बस्नेतले आइतबार बिहान ७ बजे नै थापाथलीस्थित सडकमा प्रदूषण मापन गर्ने यन्त्रसहित छड्के जाँच गरेका छन् । उनीहरू गाउन र मास्क लगाएर सरकारी अधिकारीहरूसहित सवारी जाँचमा खटिएका थिए ।
हावामा हुने धूलोको मात्रामा सावरी साधनले निकाल्ने धूलोको ३८ प्रतिशत हिस्सा छ । सावारी साधनले २ दशमलव ५ पिएम (पार्टिकुलर म्याटर) को धूलो उत्पादन गर्छन् । मानव स्वास्थ्यका दृष्टिले संवेदनशील सानो धूलोका कण निकाल्ने भएकाले सरकारले प्रदूषण मापनमा कडाइ गर्न लागेको हो ।

यातायात व्यवस्था विभागले सवारी प्रदूषण नियन्त्रणमा विशेष व्यवस्था गर्न लागेको सरकारी अधिकारीको भनाई छ । अहिले धूलो मापन गर्ने तीन वटा मात्र यन्त्र प्रयोगमा छन् । धूलो मापन गर्ने विशेष प्रकारका ४० वटा ‘स्मोक एनालाइजर’ यन्त्र सरकारले खरिद गरेको छ । सरकारले सवारी साधनबाट हुने प्रदूषण मापन तथा नियमनमा कडाइ गर्ने भएको छ । त्यसको संकेत सरकारले आइतबार बिहानै काठमाडौंका सडकमा दिएको छ । सरकारले प्रदूषण नियन्त्रणमा प्रभावकारी कदम चालेको खण्डमा सर्वसाधरणको स्वास्थ्यमा ठूलो सहयोग मिल्ने सर्वसाधरण बताउँछन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७