मुलाको सलाद मन पर्छ ? तर, नखानुस् यी पाँच चीनजसँग


२७ माघ २०८०, शनिबार
mula

काठमाडौं । हामीले मुलाको सेवन सलाद तथा तरकारीका रुपमा समेत गर्दछौं । मुला खाँदा स्वास्थ्यका लागि पनि निकै फाइदाजनक छ । मुलामा भिटामिन ए, क्याल्सियम तथा आइरनजस्ता तत्वहरु हुने गर्दछ । जुन शरीरका लागि निकै फाइदाजनक मानिन्छ । तर, केही यस्ता चिजहरु जुन मुलासँग सेवन गर्नु स्वास्थ्यका लागि उपयुक्त हुँदैन ।

काँक्रा : मुला र काँक्रा सलादका रुपमा एकसाथ प्रयोग गरिन्छ । तर, यो शरीरका लागि खतरायुक्त हुन्छ । काँक्रामा एक्सर्बेट हुने गर्दछ, जसले शरीरमा भिटामिन सीलाई घटाउने गर्दछ । यी दुबै एकसाथ खानबाट बच्न जरुरी छ ।
दूध : दूधसँग मुला सेवन गर्दा छालासमबन्धी समस्या सिर्जना हुन सक्दछ । त्यसैले दुध र मुला सेवन गर्दा समयको अन्तराल राख्न जरुरी हुन्छ ।
करेला : मुला र करेला एकसाथ सेवन गर्दा हृदय तथा स्वासप्रश्वासमा समस्या आउन सक्छ । मुलामा ल्याक्सेटिव गुण हुने गर्दछ, जसले पेटको समस्या सिर्जना गर्न सक्दछ । एकसाथ करेला र मुला सेवन गर्दा कब्जियत हुन सक्छ ।
चिया : मुलासँगै चिया सेवन गर्नु हुँदैन । यसले एसिडिटी र कब्जियतको समस्या हुन सक्छ ।
मुलाको सेवन गरेपछि शरीरमा पानीको अभाव हुन्छ, जसले डिहाइड्रेसन समस्या हुन सक्छ । त्यसैले मुलाको सेवनपछि पर्याप्त पानी पिउन जरुरी हुन्छ । त्यसैगरी, मधुमेह वा हृदयसम्बन्धी समस्या भएका व्यक्तिले मुलाको सेवन कम गर्नुपर्दछ । कम रक्तचाप भएका व्यक्तिले पनि मुलाको सेवन गर्नु हुँदैन ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७