१४ वर्षीया किशोरीलाई बलात्कार गरेर फरार रोहित लुकिछिपी बसेको अवस्थामा पक्राउ


२०८० माघ २७ शनिबार ०८:०५ बजे

सिरहा । सिरहाको गोलबजारबाट जबरजस्ती करणी मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन् । जवरजस्ती करणी मुद्दाका फरार प्रतिवादी गोलबजार नगरपालिका ४ का २१ वर्षीय रोहित दासलाई लुकिछिपी रहेको अवस्थामा शिवचौकबाट प्रहरीले नियन्त्रणमा लिएको हो ।

जिल्ला सिरहा परिवर्तित नाम २०८०/०८१ गोलबजार ‘छ १’ ले दिएको जाहेरीको आधारमा दासलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी डीएसपी राजेन्द्र राज पाण्डेले जानकारी दिए । दासले गत मंसिर २८ गते १४ वर्षिया बालिकामाथि जवरजस्ती करणी गरेको आरोप लागेको छ ।

प्रहरीले खोजीकै शिलशिलामा बिहीवार पक्राउ गरेको ईलाका प्रहरी कार्यालय गोलबजारका प्रहरी निरीक्षक सुनिल कार्कीले जानकारी दिए । पक्राउ परेका दासलाइ आवश्यक अनुसन्धानको लागि शुक्रवार जिल्ला अदालत सिरहाबाट पाँँच दिनको म्याद थप गरी अनुसन्धान भइरहेको कार्कीले जनाए ।

लेखक चिनारी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७