काठमाडौं न्युरोडको समान सहकारीमा शिल


२७ माघ २०८०, शनिबार
saman sahakari

काठमाडौँ । काठमाडौंको न्युरोडस्थित समान बचत तथा ऋण सहकारी संस्थामा महानगरपालिकाले शिल गरेको छ । स्मार्ट पार्किङमा अनियमितता देखिएको भन्दै महानगरपालिकाले उक्त सहकारीको कार्यालय शनिबार बिहान शिल गरिदिएको हो ।

स्मार्ट पार्किङमा भ्रष्टाचार भएको सूचना प्राप्त भएपछि काठमाडौँ महानगरपालिकाका सहकारी विभाग र मेयरको स्वकीय सचिवालयले सहकारी विज्ञ, नेपाल प्रहरीसहित उक्त पार्किङ व्यवस्थापन कम्पनीको कारोबार रहेको समान बचत तथा ऋण सहकारी संस्थामा छड्के अनुगमन गरेको थियो ।

अनुगमनका क्रममा कुनै पनि विवरण नियमसंगत नदेखिएको बताइएको छ । अनियमितताको प्रशस्त आधारहरू देखिएको र अनुसन्धानका लागि चाहिने विवरण उपलब्ध नगराएकाले सम्पूर्ण विवरण पेस नगर्दासम्मका लागि सहकारीको कार्यालय शिल गरिएको छ अनुगमन टोलीले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७