युएन मिसनका ‘फोर्स कमाण्डर’ उपरथी थापा रथीमा बढुवा


२७ माघ २०८०, शनिबार
nirmal thapa 58932dcc

काठमाडौँ । सिरियास्थित युएन मिसनमा ‘फोर्स कमाण्डर’ नेपाली सेनाका उपरथी निर्मलकुमार थापाको रथी पदमा बढुवा भएको छ । युएन मिसन अन्तर्गतको सबैभन्दा महत्वपूर्ण मानिने शान्ति मिसनमा नेपाल र नेपाली सेनाको प्रतिष्ठा बढाउन उल्लेखनीय भूमिका निभाउँदै आएका नेपाली सेनाका उपरथी निर्मलकुमार थापालाई रिक्त रथी (थ्री स्टार जर्नेल) पदमा बढुवा गरिएको हो ।

२०८० माघ २५ गते बसेको मन्त्रिपरिषदको बैठकले उपरथी थापालाई रिक्त रथी पदमा बढुवा गरिएको स्रोतले जानकारी दिएको छ । उपरथी थापालाई रिक्त रथी पदमा बढुवा गर्नका लागि नेपाली सेनाको जंगी अड्डाले २०८० पुस ११ गते बुधबार ७ दिने सूचना प्रकाशन गरेको थियो ।

उपरथी थापा नेपाली सेनामा २०४३ सालमा भर्ना भइ हाल सिरियास्थित युएन मिसनमा फोर्स कमाण्डरमा कार्यरत रहेका छन् । युएनको सिरिया मिसनको नेतृत्व नेपाली सेनाले सफलतापूर्वक गर्दै आएको छ । नेपाली सेनाका उपरथी निर्मल कुमार थापा रथी (थ्री स्टार जर्नेल) पदमा बढुवा भएता पनि हाल उनी सिरियास्थित युएन मिसनमा फोर्स कमाण्डरमै कार्यरत रहेकाले रथी पदको दर्ज्यानी चिन्ह ग्रहण गनर्का लागि थापा नेपाल कहिले आउने हुन् भन्ने चाँहि पक्का नभइसकेको बताइएको छ ।

युएन मिसन अन्तर्गत फोर्स कमाण्डरले ८–१०ा देशको कमाण्ड सम्हाल्न पर्ने जिम्मेवारीमा रहेकाले त्यसको व्यवस्थापन गरेर युएन मिसनबाट छुट्टी लिएर नेपाल आउनु पर्ने भएकाले नेपाल आउन समय लाग्ने थापा निकट स्रोत जानकारी दिएको छ । सैनिक स्रोतका अनुसार, अब सहायक रथीद्वय सुनिल श्रेष्ठ र अनुप जंग थापा पनि रिक्त उपरथी (२ स्टार जर्नेल) पदमा बढुवाको लाइनमा छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७