‘नेकपा र समाजवादी फोरमबीच एकता’


२० जेष्ठ २०७५, आईतवार
Devendra Paudel

बागलुङ, २० जेठ । नेपाल कम्युनिष्ट पार्टीका स्थायी समिति सदस्य देवेन्द्र पौडेलले संघीय समाजवादी फोरमसँग एकता हुन सक्ने संकेत गरेका छन् । आइतबार आयोजित पत्रकार भेटघाट कार्यक्रममा उनले एकताका लागि छलफल अघि बढेको खुलासा गरेका हुन् ।Devendra Paudel

पौडेलले बृहत् ध्रुवीकरणमार्फत एउटै कम्युनिष्ट पार्टी बनाउन पहल भइरहेको उल्लेख गरे । नेता पौडेलले मुलुकको विकास, समृद्धि र सुशासनका लागि पार्टी एकताको खाँचो रहेको औंल्याए । फोरमका अधिकांश नेता कम्युनिष्ट पृष्ठभूमिबाट आएको भन्दै एकता सहज देखिएको उनको भनाइ थियो । ‘दुई पार्टीबीच केही सैद्धान्तिक अन्तर भए पनि एकताको सम्भावना बलियो छ’, उनले भने ।

नेता पौडेलले विचार, राजनीति र विशेषता मिल्ने अन्य कम्युनिष्ट घटकबीच पनि एकता गरिने बताए । धेरै राजनीतिक दल आवश्यक नभएको भन्दै उनले नेपाली काँग्रेसलाई पनि विचार मिल्ने पार्टीसँग एकता गर्न सुझाव दिए ।
‘हामी कम्युनिष्टहरु समेट्दै जान्छौँ, नेपाली काँग्रेसले पनि नजिकका दलहरुलाई एकतामा ल्याओस’, उनले भने ।
मधेशका मुद्दा सम्बोधन गर्न र राष्ट्रिय एकतालाई सुदृढ पार्न फोरमलाई सरकारमा ल्याइएको उनको भनाइ छ ।

‘ससंद्मा अंक पु¥याउनभन्दा पनि राजनीतिक स्थायित्वका लागि फोरमलाई सरकारमा ल्याएका हौँ’, उनले भने । फोरम आएसँगै संसद्मा सरकार झन बलियो भएको पौडेलले बताए ।

रासस

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७