पाकस्तानी सेना प्रमुखले निर्वाचन आयोगलाइ धन्यबाद दिदै भने, ‘अब देशमा स्थिरता होस्’


२७ माघ २०८०, शनिबार
pakistani

इस्लामबाद । पाकिस्तानको चुनावी नतिजामा सेना प्रमुखको भनाइ बाहिर आएको छ । सेना प्रमुख असिम मुनीरले निर्वाचन सफल भएकोमा देशवासीलाई बधाई दिएका छन् । असिमले निर्वाचनलाई सहज रुपमा सम्पन्न गरेकोमा निर्वाचन आयोगलाई धन्यवाद समेत दिए ।

शनिवार सेना प्रमुख असिम मुनिरले निर्वाचन सफल भएकोमा देशवासीलाई बधाई दिएको पाकिस्तानी सञ्चारमाध्यमले लेखेका छन । साथै, असिमले यो निर्वाचनबाट देश अराजकता र खराब राजनीतिबाट मुक्त भएर अगाडि बढ्नको लागि स्थिर सरकार प्राप्त होस् भन्ने कामना गरेकोसमेत बताएका छन् ।

असिमले यो निर्वाचनबाट देशले अराजकता र खराब राजनीतिबाट मुक्त भएर अगाडि बढ्नको लागि स्थिर सरकार प्राप्त होस् भन्ने कामना गरेको पाकिस्तानी सञ्चारमाध्यमले उल्लेख गरेका छन् । पाकिस्तानी सेना प्रमुखले सबै लोकतान्त्रिक शक्तिलाई सम्हाल्ने सरकारले राष्ट्रिय उद्देश्य पूरा गर्ने विश्वास व्यक्त गर्दै यो निर्वाचनले राजनीतिक, आर्थिक स्थायित्व, शान्ति र समृद्धि ल्याउने कामना पनि गरेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७