प्रहरी भ्यानबाट खसेर सहायक हबल्दारको मृत्यु प्रकरण : एसएसपी मैनालीको नेतृत्वमा छानबिन समिति


२७ माघ २०८०, शनिबार
hemraj lg fC1I8qJOEI

काठमाडौं । प्रहरीको भ्यानबाट खसेर सहायक हवल्दारको मृत्यु भएपछि काठमाडौं उपत्यका प्रहरी कार्यालयका एसएसपी दिनेशराज मैनालीको नेतृत्वमा छानबिन समिति गठन भएको छ ।

सहायक हबल्दार हेमराज एलजीको गएराति सवा ११ बजे काठमाडौंको बलम्बुमा ड्युटी सकेर फर्किँदै गर्दा भ्यानबाट खसेर मृत्यु भएको थियो । समितिमा अपराध महाशाखा एसपी मिलन केसी र काठमाडौं प्रहरी परिसरका डीएसपी अनिल अधिकारीसहित तीन सदस्य छन् । समितिले १० दिन भित्र छानबिन गरेर प्रतिवेदन उपत्यका प्रहरी कार्यालयका प्रमुख एआईजी दीपक थापालाई बुझाउने छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७