माल्टा पठाइ दिन्छु भन्दै पाँच लाख लिएपछि सम्पर्कविहीन बनेका पटेल पक्राउ


२७ माघ २०८०, शनिबार
Dhiraj patel

काठमाडौँ । वैदेशिक रोजगारीका लागि माल्टा पठाइदिने बहानामा ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पर्साको वीरगन्ज महानगरपालिका १४ घर भई हाल काठमाडौंको शान्तीनगर बस्ने वर्ष २५ को धिरज पटेल रहेका छन् । धिरजले विवेक यादवलाई वैदेशिक रोजगारीको लागि माल्टा पठाइदिन्छु त्यसको लागि ११ लाख रुपैयाँ लाग्छ, माल्टा पुगेपछि प्रतिष्ठित कम्पनीमा काम लगाइदिन्छु, मासिक १ लाख रुपैयाँ तलव हुन्छ भनी विश्वास दिलाई प्रलोभनमा पारेको प्रहरीले जनाएको छ ।

पीडितबाट पटक पटक गरी ५ लाख रुपैयाँ रकम लिई सम्पर्कविहीन भएका उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले माघ २५ गते बबरमहलबाट पक्राउ गरेको हो । उनीमाथि थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७