राष्ट्रकवि घिमिरे फेरि आइसियुमा

काठमाडौं, २० जेठ । राष्ट्रकवि माधवप्रसाद घिमिरे फेरि अस्पताल भर्ना भएका छन् । राष्ट्रकवि घिमिरे आइतबार ग्राण्डी अस्पतालमा भर्ना भएका हुन् । उनको आईसीयूमा उपचार भइरहेको छ ।
राष्ट्रकवि घिमिरे शनिबार मात्र भारतको मेदान्त अस्पतालमा उपचार गरेर फर्किएका थिए । घिमिरेको स्वास्थ्यामा सुधार भयो भनेर आएको भोलिपल्ट घिमिरे फेरि अस्पताल भर्ना भएका हुन् ।
स्वास्थ्यमा समस्या आएपछि घिमिरे जेठ पहिलो साता पनि अस्पताल भर्ना भएका थिए । घिमिरेलाई थप उपचारको लागि बुधबार दिल्लीको मेदान्त अस्पताल लगिएको थियो । अस्पतालले स्वस्थ्यमा सुधार भएको बताएपछि शनिबार नेपल फर्काएको थियो । घिमिरेमा बाइल्याट्रल निमोनिया देखिएको उपचारमा संलग्न चिकित्सकहरुले बताएका छन् ।