विश्वकपकाे जर्सी १ रुपैंयामै पाइने


२० जेष्ठ २०७५, आईतवार
Reecharger2 1

काठमाडौं, २० जेठ । विश्वकप फुटबलको रौनक छाउँदै गर्दा तपाई आफुलाई मन पर्ने देशको जर्सी किन्ने सोचमा हुनुहुन्छ भने १ रुपैंयामै जर्सी पाइने भएको छ । मोबाइलएप Reechargerले आफ्नो ब्राण्ड प्रवद्र्धनका साथै नेपाली फुटबल प्रेमिलाई जर्सी १ रुपैंयामा उपलब्ध गराउने भएको हो । Reecharger2 1

विश्वकप फुटबल सुरु हुन २ सातामात्र बाँक Reechargerले ठुलो संख्याका नेपाली फुटबल पारखीलाई लक्षित गर्दै यस्तो अफर ल्याएको हो । यो अफर आगामि आइतबार अर्थात जुन ३ तारिखका दिन दिउँसो १२ बजेबाट सुरु हुनेछ । यो अफर Reechargerको वेबसाइटमा नभई मोबाइल एपमा मात्र लागू हुनेछ ।

गुगलप्ले तथा एप्पलको एप स्टोरबाट Reecharger डाउनलोड गरी एकाउण्ट खोले पछि प्रयोगकर्ताले १०० रुपैंया क्यास व्याक पाउने छन् । त्यस पछि जतिको मोबाइल रिचार्ज गर्नु हुन्छ । त्यत्ति नै क्यास व्याक पाउनु हुन्छ । यसरी प्राप्तहुने क्यास व्याकलाई Reechargerबाट सामानखरिद गर्दा प्रयोग गर्न सकिन्छ ।

‘तपाईले ५०० क्यास व्याक सदुपयोग गरी १ रुपैंया मात्र भुक्तन नगर्दा ९९९ रुपैंयाको जर्सी पाउनु हुनेछ ।’ ग्लोबल कीटेक्नोलोजीका अध्यक्ष लाइभ ग्लाइडरले भने । उनका अनुसार यो अफर सिमित अवधिका लागि मात्र लागू हुनेछ । ग्लाइडरका अनुसार प्रत्येक एक महिनामा यस्ता अफरहरु नियमित रुपमा सञ्चालन गरिनेछ ।

‘मोबाइल रिचार्ज गर्दा, सिनेमा, बस र हवाई टिकट खरिद गर्दा वा अनलाइनबाट सपिंग गर्दा तपाईले ११ वटा बैंकको इ बैंकिंग, इसेवा, आईएमई पे लगायतका गेटवेका साथै मास्टर तथाभिसाका डेविट र क्रेडिट कार्डबाट सिधै पैसा तिर्न सक्नु हुन्छ ।’ग्लोबलकी टेक्नोलोजीका प्रमुख कार्यकारी अधिकृत निराजन सिंहले भने ।

‘नेपाली एप्स हामी नेपालीहरुकै लागि’भन्ने नाराका साथ सेवा सुरु गरेको Reecharger गुगल प्ले तथा एप्पलएप स्टोरमा गरी ४५हजार भन्दा  बढी डाउनलोड भैसकेको छ । नेपालमा चलनचल्तीमा रहेका १ हजार बढी ब्राण्डसंग सहकार्य गर्दै सुपथ मूल्यमा वस्तु तथा सेवा उपलब्ध गराउने Reechargerले लिएको छ ।

होटल, रेष्टूरेण्ट, पानी, बिजुली, इन्टरनेट सेवाप्रदायक काबिलहरु पनि तिर्न सकिने तयारी गरिरहेको Reechargerएपबाट क्यास व्याकको सदुपयोग गरी समय र पैसाको बचत गर्न सकिन्छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७