आर्सनलको वेस्ट ह्यामविरुद्ध फराकिलो जित


२०८० माघ २९ सोमबार १०:४३ बजे

काठमाडौं । इंग्लिश प्रिमियर लिग अन्तर्गत आईतबार साँझ भएको खेलमा आर्सनलले वेस्ट व्यम विरुद्ध ६(० को फराकिलो जित हासिल गरेको छ । आर्सनलको जितमा बुकायो साकाले दुई तथा विलियम सालिबा, गाब्रिएल माघालेस, लियान्ड्रो ट्रोसार्ड र डेकलान राइसले एक एक गोल गरे ।

३२औं मिनेटमा राइसको कर्नर किकका हेडरमार्फत गोल गर्दै सालिबाले आर्सनललाई सुरुवाती अग्रता दिलाएका थिए । ४१औं मिनेटमा साकाले अग्रता दोब्बर बनाए । वेस्ट ह्यामका गोलकिपर अल्फोन्सो आरिओलाले साकामाथि नै फाउल गरेपछि पाएको पेनाल्टीमा गोल गर्दै उनले नै गोल गर्दै अग्रता दोब्बर बनाएका थिए ।

४४औं मिनेटमा राइसकै क्रसमा गाब्रिएलले गोल गर्दै अग्रता दोब्बर बनाए । पहिलो हाफको इन्ज्युरी समयको दोस्रो मिनेटमा मार्टिन ओडेगार्डको पासमा ट्रोसार्डले गोल गर्दै पहिलो हाफमा नै अग्रता चार गोलको बनाए ।

दोस्रो हाफमा पनि आर्सनलले दुई गोल थप्न सफल भयो । ६३औं मिनेटमा ओडेगार्डको पासमा साकाले व्यक्तिगत दोस्रो गोल गर्दै अग्रता पाँच गोलको बनाए । त्यसको दुई मिनेटपछि राइसले आफ्नो पूर्व टोली विरुद्ध गोल गर्दै खेलको छैठौं गोल गरे ।

जित पछि आर्सनल २४ खेलमा ५२ अंक सहित तेस्रो स्थानमा यथावत छ । ५२ अंक सहित एक खेल कम खेलेको म्यानचेस्टर सिटी दोस्रो छ । पहिलो स्थानमा रहेको लिभरपुलको २४ खेलमा ५४ अंक छ । वेस्ट ह्याम भने २४ खेलमा ३६ अंक सहित आठौं स्थानमा छ ।

लेखक चिनारी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७