केन्द्रीय कमिटिको बैठकमा प्रचण्डले भने : कांग्रेसबाट धोका भयो


२०८० माघ २९ सोमबार ०७:२८ बजे

काठमाडौं : नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एंव प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कांग्रेसबाट आफूहरुले धोका पाएको बताएका छन् ।

जारी नेकपा (माओवादी केन्द्र)को केन्द्रीय कमिटीको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले कांग्रेससँगको गठबन्धन लाभदायक बन्न नसकेको बताएका हुन् । बैठकमा उनले भने, ‘कांग्रेसबाट धोका भयो, गठबन्धनमा समीक्षा हुन्छ । हामी इमान्दार भयौँ । गठबन्धनबाट जहिले नै धोका भइरहेको छ ।’

बैठकमा उनले अहिले सरकारको राम्रो कामको प्रभाव परेको बताउँदै माओवादीले जनयुद्ध दिवस मनाएरै छाड्ने बताए । ‘अदालतको सम्मान गर्छौं, भोलि जनयुद्ध दिवस पनि मनाउछौँ ।’

प्रचण्डले कांग्रेसलाई आफूहरूकै मतको आधारमा पहिलो पार्टी बनाइएको समेत धारणा राखेका थिए । ‘हामीले चाहिँ इमानदारितापूर्वक कांग्रेसलाई पहिलो पार्टी बनायौँ । तर हामीलाई पटक पटक धक्का मिलेको छ’, प्रचण्डले भने । राजकीय पद भागबन्डामा पनि पार्टीलाई घाटा भएको उनको भनाइ थियो ।

लेखक चिनारी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७