एमाले महासचिवको स्वास्थ्यमा थप कुनै समस्या छैन : स्वकीय सचिव रेग्मी


२०८० माघ २९ सोमबार ०७:२६ बजे

काठमाडौं : नेकपा (एमाले)का महासचिव शंकर पोखरेलको स्वास्थ्यमा थप कुनै समस्या नभएको महासचिव पोखरेलका स्वकीय सचिव सरोज रेग्मीले बताएका छन् । दुर्घटनापछि स्वास्थ्य परिक्षण गराउदा थप कुनै समस्या नदेखिएको रेग्मीको भनाई छ ।

महासचिव पोखरेल नेकपा (एमाले) दैलेखको ८ औं जिल्ला अधिवेशन उद्घाटनका लागि सुर्खेतबाट दैलेख जाने क्रममा दुर्घटनामा परेका थिए । महासचिव पोखरेल चढेको म १ च ३६९ नम्बरको स्कोरपियो जिप शनिबार दिउँसो करिब ३ बजेतिर दैलेखको डुंगेश्वर गाउँपालिकाको चुप्रा बजार नजिक दुर्घटना भएको हो ।

रेग्मीले महासचिवको खुट्टा सामान्य चोट लागेको र सोको उपचार भई डाक्टरको सल्लाह अनुसार औषधी सेवन गरिरहेको जनाएका छन् । उनले महासचिवको स्वास्थ्य अवस्था बारेमा जानकारी दिदै लेखेका छन्,‘घटना पश्चात महासचिब सहितका नेताहरु कार्यक्रम स्थल दैलेख पुगेर कार्यक्रमलाई संबोधन गरी २८ गते काठमाडौं फिर्ता भई थप स्वास्थ्य परिक्षण गराउनु भएको छ । दुघटनामा महासचिवको खुट्टा सामान्य चोट लागेको र सोको उपचार भई डाक्टरको सल्लाह अनुसार औषधी सेवन गरिरहनु भएको छ । स्वास्थ्यमा थप कुनै समस्या नभएको जानकारी गराइन्छ ।’

उनले महासचिवको स्वास्थ्यमा बारेमा चासो प्रकट गर्ने सबैप्रति आभार प्रकट गरेका छन् । भनेका छन्, ‘यस घटनाका विषयमा पार्टीका श्रद्घेय अध्यक्ष लगायत शिर्ष नेता, कार्यकर्ता, शुभचिन्तक, आफन्तजनले स्वास्थ्य लाभका लागि प्रकट गर्नु भएको सुभेच्छाप्रति हार्दिक आभार तथा धन्यवाद व्यक्त गर्दछु । घटना पश्चात स्वास्थ्य परिक्षणका लागि सहयोग गर्ने पार्टीका केन्द्रीय कार्यालय सचिव सहितका नेता कमरेडहरुको तदारुकता र स्वास्थ्यकर्मी कमरेडहरुको सहयोगका लागि धन्यवाद व्यक्त गर्दछु । महासचिबको सवारीमा साथामा रहनु भएका नेता कमरेडहरु, सुरक्षाकर्मी, चालक सबै जनाको सहयोगका लागि आभार व्यक्त गर्दछु । घटनामा परी घाईते हुनुहुने कमरेहरुको सिघ्र स्वास्थ्य लाभको कामना गर्दछु ।’

लेखक चिनारी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७