राजपा सांसदले नेकपालाई भने, ‘हात्तीछाप चप्पल’ जस्तो…


२० जेष्ठ २०७५, आईतवार
0 Shares
rajkishor yadhab

काठमाडौं, २० जेठ । राष्ट्रिय जनता पार्टी (राजपा) अध्यक्ष मण्डलका नेता राजकिशोर यादवले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र उसले ल्याएको बजेट हात्ती र हात्तीछाप चप्पल जस्तै भएको आरोप लगाएका छन् ।rajkishor yadhab

बजेट छलफलको अन्तिम दिन आज संसदमा बोल्दै उनले भने, ‘बाल्यकालमा रेडियो नेपालबाट एउटा विज्ञापन सुन्थे । विज्ञापन हुन्थ्यो हात्ती र हात्तीछाप चप्पल उस्तै उस्तै’, यादवले थपे, ‘यो बजेट हेर्दा र नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को नारा समृद्ध नेपाल र सुखी नेपालीको नारा र तालमेल त्यहि हात्ती र हात्तीछाप चप्पल जस्तो हो ।’ उनले बजेटले नयाँ संविधानको परिस्थिति सम्बोधन गर्ने दृष्टिकोण नराखेको बताएका छन् ।
उनले अर्थमन्त्रीलाई बजेट भारी लागेको टिप्पणी गरे । ‘२३ प्रतिशत बजेट स्थानीय तहलाई ११ प्रतिशत, प्रदेशलाई र ६४ प्रतिशत केन्द्रमा राखेको छ’, यादवले भने, ‘संघीयता भारी लागेको भए केन्द्रलाई मजबुत बनाएर त्यसपछि प्रदेशलाई मजबुत बनाउनुपर्थ्यो । यो सच्याइएन भने समर्थन गर्ने अवस्थामा हुदैनौँ ।’

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT

उनले आर्थिक वृद्धिदर ८ प्रतिशत प्राप्त कुनै आधार नदेखिएको बताएका छन् । ‘यदि आठ प्रतिशत आर्थिक वृद्धिदर भएन भने सजायको भागिदार हुने कि नहुने ?’, यादवले प्रश्न गरे, ‘बजेटको ध्यान ‘स्ट्रक्चरल चेञ्ज’ मा गएको छैन ।’ ‘विद्वान अर्थमन्त्री पाएकोमा खुशी थियौं’, यादवले भने, ‘बजेट संविधानको मर्म अनुरुप बजेट आउनुपथ्र्यो । संघीयता सफल पार्न आउनु पथ्र्यो । तर संघीयता कमजोर पार्ने र फेरि समाप्त पारेर अन्तै जाने शंकाको ठाउँ दिएको छ ।’ यादवले प्रश्न गरे, ‘बजेट कुन सिद्धान्त अनुसार विनियोजन गरेको छ अर्थमन्त्रीसँग मलाइ सोध्न मन छ ।’

jagdamba.cement
rbbbb

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७