माल्दिभ्सविरुद्ध रुबिनाको शतक


२०८० फाल्गुण १ मंगलबार ०७:४४ बजे

काठमाडौँ : नेपाली महिला क्रिकेट टिमकी पूर्व कप्तान रुबिना क्षेत्रीले शतक प्रहार हरेकी छन् ।

मलेसीयामा जारी एसीसी महिला प्रिमियर कप खेलिरहेको नेपालका लागि माल्दिभ्सविरुद्धको खेलमा रुबिनाले शतक प्रहार गरेकी हुन् ।

रुबिनाले ५४ बलमा शतक पुरा गरेकी हुन् । रुबिनाले आफ्नो शतक पुरा गर्नेक्रममा १० चौका र ३ छक्का प्रहार गरेकी थिइन् ।

यो उनको पहिलो टी-२० शतक हो । साथै नेपाली महिला खेलाडीले टी- २० मा बनाएको पहिलो शतक पनि हो ।

लेखक चिनारी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७