रोकियो बुद्धको अस्थिधातु समाधिस्थलको निजीकरण गरेर ९९ वर्षसम्म अरबौं कमाउने खेल


२०८० फाल्गुण १ मंगलबार ०७:५५ बजे

काठमाडौं : सार्वजनिक लेखा समितिको निर्देशनपछि लुम्बिनी विकास कोष कार्यकारिणी समितिको बैठकले गौतम बुद्धको अस्थिधातु समाधिस्थल नवलपरासीको रामग्राम क्षेत्र उत्खनन एवं बौद्ध स्तूपलगायत संरचना निर्माण तथा व्यवस्थापनका लागि भन्दै बिनाप्रतिस्पर्धा एक निजी कम्पनीलाई ९९ वर्षका लागि सुम्पिने गरी भएका सबै सम्झौता, समझदारी रद्द गरेको छ । आइतबार बसेको समिति बैठकले सबै सम्झौता खारेज गर्न निर्देशन दिएको थियो ।

लुम्बिनी विकास कोषले गौतम बुद्धको अस्थिधातु समाधिस्थ गरिएको नवलपरासी रामग्राम क्षेत्रमा उत्खनन एवं बौद्ध स्तूप निर्माण गर्न बिनाप्रतिस्पर्धा ‘द प्रमिस ल्यान्ड’ नामक निजी कम्पनीसँग समझदारी गरेको थियो । सर्वसाधारणको ११६ बिघा जग्गा अधिग्रहण हुने गरी १२० बिघा ९९ वर्षका लागि लिजमा दिने गरी समझदारी भएको हो । 

‘द प्रमिस ल्यान्ड’लाई दिने निर्णय

कोषका अध्यक्ष एवम् संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीको अध्यक्षतामा मंगलबार बसेको कार्यकारिणी समिति बैठकले रामग्राम क्षेत्रमा प्रमिस्ड ल्यान्डसँग गरिएका सम्झौतालगायत सबै कार्य खारेज गर्ने निर्णय गरेको हो ।

विवादास्पद पृष्ठभूमिका ल्हारक्याल लामाले लुम्बिनी कोषको उपाध्यक्षमा नियुक्ति भएलगत्तै नेपाल सरकारको पूर्वस्वीकृतिबिनै पुरातात्त्विक सम्पदा क्षेत्र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका घरधनी शारदाप्रसाद अधिकारीका छोरा निकेश अधिकारीको निर्माण कम्पनी‘द प्रमिस ल्यान्ड’ लाई स्तूप क्षेत्रमा पर्यटकीय पूर्वाधार बनाउन दिने सैद्धान्तिक सहमति प्रदान गरेको थियो ।

कोषका अनुसार हाल रामग्राम स्तूप वरिपरि पुरातत्व विभागको १० कठ्ठा र कोषको तीन बिघा १५ कठ्ठा जमिन संरक्षित छ । बाँकी जग्गा अधिग्रहण गर्नमात्र करिब १ अर्ब ५० करोड र अन्य संरचना निर्माणका लागि साढे ५ अर्ब रूपैयाँ लाग्ने अनुमान गरिएको थियो ।

खारेजीको निर्णय

विवादास्पद छविका लुम्बिनी विकास कोष उपाध्यक्ष ल्हारक्याल लामाको अग्रसरतामा बिनाप्रतिस्पर्धा स्तूप क्षेत्र ९९ वर्षका लागि भाडामा दिई प्रधानमन्त्री निकटका ठेकेदारका छोरालाई निर्माणको काम दिने विषयको स्थानीय जनता, सरोकारवाला र राजनीतिक दलले विरोध गर्दै आएका थिए ।

त्यसअघि सन् २०११ मा पनि हङ्‌कङ मुख्यालय रहेको एउटा संस्थासँग लुम्बिनीको विकासका लागि समझदारी भएको घोषणा गरेपछि माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड विवादमा तानिएका थिए। त्यस बेला उनले एशिया प्यासिफिक एक्सचेन्ज एन्ड कोअपरेशन फाउन्डेशन नामक संस्थामार्फत् लुम्बिनीको विकासका लागि तीन अर्ब डलर भित्र्याउने वाचा गरेका थिए।

के हो लिज प्रकरण ?


२६ मंसिर २०८०मा बुद्धको जन्मस्थल लुम्बीनिकोको पवित्र स्थल पश्चिम नवलपरासीको रामग्राम स्तुपमा तामझाम सहित भव्य कार्यक्रमको आयोजना गरिएको थियो । कार्यक्रमको प्रमुख अतिथि थिए, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड ।

कार्यक्रममा संस्कृती पर्यटन तथा नागरिक उडडयन मन्त्री सुदन किराती, भारतीय सत्तारुढ दल भाजपाका सांसद राम माधव, पतञ्जली योग पिठ भारतका अध्यक्ष आचार्य बालकृष्ण लगायत उपस्थीत थिए । भारतीय उच्च अधिकारी सहित विभिन्न देशका बौद्ध धर्म गुरुहरुको उपस्थीति यो कार्यक्रमको आयोजक थियो, लुम्बिनी विकास कोष, रामग्राम नगरपालिका र ‘द प्रमिस ल्यान्ड’ नामक संस्था ।

लुम्बिनी विकास कोष र रामग्राम नगरपालिकालाई आयोजक राखिए पनि यसको सम्पूर्ण व्यवस्थापनको जिम्मा लिएको थियो, ‘द प्रमिस ल्यान्ड’ नामक संस्थाले । कोषका लुम्बिनी विकास कोषका सदस्य सचिव सानुराजा शाक्य लगायत उपस्थीत भए पनि यो कार्यक्रमको प्रमुख डिजाइनर लुम्बिनी विकास कोषका उपाध्यक्ष डा. ल्हारक्याल लामा (खेन्पो छिमे) र ‘द प्रमिस ल्यान्ड’ नामक निजी कम्पनीका अध्यक्ष निकेश अधिकारी ।

निकेश अधिकारी प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष प्रचण्डको घरबेटी निर्माण व्यवसायी शैलुङ कन्स्ट्रक्सन कम्पनीका मालिक शारदाप्रसाद अधिकारीका छोरा हुन् । यति भव्य कार्यक्रम अधिकारीले त्यसै गरेका होइनन् । भगवान गौतम बुद्धसँग जोडिएको महत्वपूर्ण पवित्र स्थल मध्येका एक रामग्राम क्षेत्र ९९ वर्षका लागि लिजमा प्राप्त गरेपछिको यो पहिलो कार्यक्रम थियो ।

पुरातत्वविद्हरुका अनुसार बुद्धको महापरिनिर्माण भएपछि ८ भागमा विभाजन गरिएका स्तुपा मध्येको रामग्रामको मात्रै अस्तिवत्वमा रहेको स्तुपा हो । त्यस कारण रामग्राम स्तुप बुद्धको जीवनको निकै महत्वपूर्ण स्थल मानिन्छ । यो पश्चिम नवलपरासीको रामग्राम नगरपालिका–७, उजैनीमा पर्छ । यो स्तुपमामा भगवान गौतम बुद्धको अष्टधातु रहेको मानिन्छ । रामग्राम ऐतिहासिक, पुरातात्विक तथा पवित्र धार्मिक स्थल मानिन्छ । ग्रेटर लुम्बिनी अन्तर्गत बनाइएको गुरुयोजनाले स्तुप क्षेत्रको १ सय १६ बिघा जग्गा समेटेको छ ।

रामग्राम क्षेत्रका स्थानीयको करिब १ सय १६ बिघा अधिग्रहण, कोषकै नाममा रहेको ७५ कट्ठा र पुरातत्त्व विभागको १० कट्ठालाई एकीकृत गरेर आउने करिब १ सय २० बिघा जमिन निजी कम्पनी ‘द प्रमिस्ड ल्यान्ड’ लाई बिनाप्रतिस्पर्धा ९९ वर्ष लिजमा सुम्पिन कोषले २०८० असोज २९ मा द्विपक्षीय समझदारी (एमओयू) गरेको थियो । कात्तिक १३ मा थप बुँदा समेटेर कोषले प्रमिस्डसँग पूरक एमओयू गरेको हो  ।

‘द प्रमिस ल्यान्ड’को कार्यक्रममा प्रधानमन्त्री प्रचण्ड

कोष र ‘द प्रमिस ल्यान्ड’ विचको सम्झौतामा ‘म्युजियम, प्राथना हल सहितको स्तुपामा व्यापारिक संरचना समेत बनाइने उल्लेख छ । उक्त स्तुपामा जाने तिर्थयात्री तथा पर्यटकहरु बापतको शुल्क, व्यापारिक संरचना भाडामा लगाउनेदेखि सम्पूर्ण व्यापारिक कामको जिम्मा ‘द प्रमिस ल्यान्ड’लाई दिइएको छ । यसैगरी लुम्बिनी विकास कोषले दानभेटीमा समेत निजी कम्पनी द प्रमिस्ड ल्यान्ड हक लाग्ने प्रावधान राखिएको छ ।

बौद्ध ग्रन्थ अनुसार बुद्धको महापरिनिर्वाण पछि (इ.पू. ४८३) पछि बुद्धको अस्थिधातु आठ भाग लगाई मगध, वैशाली, कपिलवस्तु, अल्लकप्प, रामग्राम, वेठदीप, पावा र कुशीनगरलाई दिइएको थियो । सोही अस्थिधातु निदान गरी आ–आफ्नो ठाउँमा स्तूपको निर्माण भएको थियो । तर, अस्थिधातु यसरी विभिन्न ठाउँमा छरिएर रहँदा संरक्षण नहुने ठानी त्यस वेलाका प्रभावशाली भिक्षु महाकश्यप महास्थविरको पहलमा राजा अजातशत्रुको समयमा ती स्तूपमा केही बाँकी राखी मगध साम्राज्यको राजधानी राजगिरमा ल्याइएको उल्लेख महावंश (श्रीलंकाली वंशावली) मा छ ।

सोही अस्थिधातु निदान गरी आ–आफ्नो ठाउँमा स्तूपको निर्माण भएको थियो । तर, अस्थिहरू यसरी विभिन्न ठाउँमा छरिएर रहँदा संरक्षण नहुने ठानी त्यस वेलाका प्रभावशाली भिक्षु महाकश्यप महास्थविरको पहलमा राजा अजातशत्रुको समयमा ती स्तूपमा केही बाँकी राखी मगध साम्राज्यको राजधानी राजगिरमा ल्याइएको उल्लेख महावंश (श्रीलंकाली वंशावली) मा छ ।

सन् १८९६ मा लुम्बिनी पत्ता लागेपछि सो स्थल हेर्न पुगेका पुरातत्वविद् डा. ह्वेले यताउता अन्यत्र पनि अवलोकन गर्ने क्रममा नवलपरासी जिल्लाको उज्जैनीमा ५० फिट अग्लो एउटा माटोको ढिस्को देखेका थिए । त्यही पवित्र ढिस्को हो, रामग्राम ।

त्यस क्षेत्रको विकास र विस्तारको लागि संसारभरीका बौद्धमार्गीहरुले पटक पटक लुम्बिनी विकास कोष र नेपाल सरकारलाई सहयोगको प्रस्ताव राखेका थिए । लुम्बिनी विकास कोष र नेपाल सरकारले पहल गर्दा तुरुन्तै अरबौं संकलन हुने अवस्था थियो ।
किनभने महापरिनिर्माण भएपछि ८ भागमा विभाजन गरिएका स्तुपा मध्येको रामग्रामको मात्रै अस्तिवत्वमा छ । यो बौद्धमार्गीहरुको लागि असाध्यै ऐतिहासिक र पवित्र थलो हो । यही पवित्र थलोलाई नजिकिरण गरेर अरबौं कमाउने उद्देश्य सहित ‘द प्रमिस ल्यान्ड’ले भाडामा लिएको थियो ।

२६ मंसिर २०८० बृहत्तर विकास परियोजना घोषणा कार्यक्रम बढो तामझाम पूर्ण थियो । कार्यक्रमको उद्घोषक थिए, सञ्चारकर्मी भुषण दाहाल । प्रधानमन्त्री प्रचण्डको मन्तव्यमा भनेका थिए ‘मानिसहरुले विभिन्न अर्थ लगाउन सक्छन् तर रामग्राम स्तुपको अगाडि उभिएर देशबाहिर र भित्रपनि बुद्धको उपदेशलाई इमान्दारीपूर्वक कार्यान्वयन गर्ने दृढता व्यक्त गर्न चाहन्छु ।’

प्रधानमन्त्रीले यसो भनिरहँदा यो कार्यक्रम अघि नै चन्दा मार्फत १० करोड बढी उठाइएको पैसा बारेमा उनी जानकार थिए की थिएनन् ? स्रोतका अनुसार यो कार्यक्रम अगावै बौद्ध समुदायमा ल्हारक्याल र अधिकारीले चन्दा अभियान चलाएका थिए । उनीहरुलाई साथ दिएका थिए, सिङ्गापुरका एक व्यापारी जेम्स सेङले । आफुलाई चिनियाँ राष्ट्रपति सि जिनफिङ निकट भनेर दाबी गर्ने यी सिङ्गापुरका व्यापारीले यही रामग्राममा संरचना निर्माण गर्ने भनेर मोक्ष फाउन्डेशन नामक संस्था बनाएका छन् ।

उक्त मोक्ष फाउन्डेशनको वेवसाइड बनाएर रामग्राम क्षेत्रको संरचनाको डिजाइनहरु राखेर चन्दाको अपिल गरेका छन् । स्रोतका अनुसार ल्हारक्याल, ‘द प्रमिस ल्यान्ड’का अध्यक्ष अधिकारी र चिनियाँ राष्ट्रपति सि निकट हुँ भनेर दाबी गर्ने जेम्स सेङले २६ मंसिर २०८० को कार्यक्रम लागि मात्रै १० करोड बढी चन्दा उठाएका थिए ।

विभिन्न भाषामा अनुवाद गरेर विभिन्न रिपोन्छे गुरुहरुलाई पठाइएको चन्दा अपिल सहितको पत्र जनआस्थासँग सुरिक्षत छ । जेम्स सेङ मोक्षा फाउन्डेशनका प्रमुख कार्यकारी अधिकृत (सिइओ) हुन् । उनीहरुले अहिले संसारभरीका बौद्ध धर्म गुरु, यससँग सम्बन्धित देशका अधिकारीहरुलाई महापरिनिर्माण भएपछि ८ भागमा विभाजन गरिएका स्तुपा मध्येको अतिस्त्वमा रहेको एक मात्रै स्तुपा रामग्रामको संरचना निर्माण भन्दै चन्दा उठाइरहेका छन् ।

लेखक चिनारी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७