शाखा अधिकृतको अन्तिम नतिजा सार्वजनिक : यी हुन् प्रशासन सेवातर्फ २१७ जना अधिकृत


२०८० फाल्गुण १ मंगलबार ११:३९ बजे

काठमाडौं : लोक सेवा आयोगले राजपत्राङ्कित तृतीय श्रेणी, शाखा अधिकृत वा सो सरह पदको परीक्षाको अन्तिम नतिजा सार्वजनिक गरेको छ ।

आयोगले गत असारमा सन्चालन गरेको खुला तथा सामावेशी विज्ञापनको परीक्षाको नतिजा आज सार्वजनिक गरेको हो । प्रारम्भिक परीक्षामा सहभागी झण्डै १६ हजार परीक्षार्थीहरुमध्येबाट अधिकृत पदमा नियुक्तिका लागि २१७ जना सिफारिस भएका छन् ।

आयोगको विज्ञापन नम्बर १६६९९।०७९/८० (खुला), १६७००।०७९/८० (महिला), १६७०१।०७९/८० (आदिवासी जनजाति), १६७०२।०७९/८० (मधेसी), १६७०३।०७९/८० (दलित), १६७०४।०७९/८० (अपाङ्ग) र १६७०५।०७९/८० (पिछडिएको क्षेत्र) तर्फ २ सय १७ जनाको नाम नियुक्तिका लागि सिफारिस गरिएको हो।

नेपाल प्रशासन सेवा, सामान्य प्रशासन, लेखा र राजस्व समूह, नेपाल लेखापरीक्षण सेवा र सङ्घीय संसद सेवा, सामान्य प्रशासन समूह, राजपत्रांकित तृतीय श्रेणी, शाखा अधिकृत वा सो सरह पदमा नियुक्तिका लागि सिफारिस भएको हो।

लेखक चिनारी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७