पाल्पामा जीप दुर्घटना, ८ जनाको मृत्यु


१ फाल्गुन २०८०, मंगलवार
latest News nayapage scaled

पाल्पा : पाल्पामा जिप दुर्घटना हुँदा आठ जनाको मृत्यु भएको छ । दुर्घटनामा अन्य १८ जना घाइते भएका छन् । सिद्धार्थ राजमार्गको डुम्रेबाट चिदिस जाँदै गरेको लु १ ज २३७१ नम्बरको जिप डुम्रे र चिदिसको बीच भागमा दुर्घटना भएको हो । 

लुम्बिनी प्रदेश प्रहरी प्रमुख डीआईजी कुवेर कडायतका अनुसार, तिनाउ गाउँपालिका–६, चिदीमा लु १ ज २३७१ नम्बरको जीप पौने ५ बजेतिर दुर्घटना हुँदा कम्तिमा ८ जनाको मृत्यु भएको हो ।

डुम्रेबाट चिदिसातर्फ जाँदै गरेको जीप सडकबाट अन्दाजी ३ सय मिटर तल खसेको हो । डीआईजी कडायतले उद्धार गरिएका घाइतेहरूलाई उपचारका लागि लुम्बिनी मेडिकल कलेज प्रभासमा भर्ना गरिएको बताए । उनका अनुसार उद्धारको काम चलिरहेको र केही जिपमै च्यापिएका छन् । घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७