समाजवादीका नेताहरुलाई पार्टीमा स्वागत गर्दै ओलीले भने : त्यो पार्टी होइन, पापको कुण्ड हो


१ फाल्गुन २०८०, मंगलवार
KP Sharma oli

काठमाडौं : नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले नेकपा एकीकृत समाजवादी पार्टी कुनै दलको पार्टी नभएर पापकुण्ड भएको बताएका छन् । मंगलबार नेकपा (एमाले) मुख्यालयमा नेकपा एकीकृत समाजजादीबाट एमाले फर्किका पोलिट्व्युरो सदस्य प्रतापलाल श्रेष्ठ र केन्द्रीय कमिटी सदस्य शंकरनारायण श्रेष्ठलाई स्वागत गर्दै ओलीले यस्तो बताएका हुन् ।

‘तपाईँहरु रहनु भएको ठाउँ नेकपा (एकीकृत समाजवादी) पाककुण्डा नै थियो । तपाईँहरु पापकुण्डबाट मुक्त हुनुभएको छ,’ ओलीले भने, ‘देशका विरुद्ध काम गर्ने समूह, कम्युनिष्ट आचरण र विचारलाई ध्वस्त पार्न लागेको समूहबाट आफूलाई अलग गर्नु भनेको मोक्षप्राप्ति गर्नु हो ।’

अध्यक्ष ओलीले फेरि आफ्नै घर फर्किएर बुद्धिमतापूर्ण काम गरेको भन्दै धन्यवाद पनि दिए । ‘तपाईँहरु त्यहाँ बसिरहेको भए आफ्नो पनि पार्टी जीन्दगी खेर जान्थ्यो । त्यो खेर जाँदै गर्दा देशका लागि अहित पनि हुँदै जान्थ्यो,’ ओलीले भने ।

ओलीले मान्छे नराम्रै सास्कृतिक कार्यक्रममा, गीत बजाएका ठाउँमा, बाजा बजाएका ठाउँमा पुगेपछि नचाचे पनि खुट्टा चनाउने प्रसङ्ग निकाल्दै भने, ‘अलिअलि संलग्नता त भै हाल्छ क्या १ त्यसबाट मुक्त हुनुभएको छ, साथीहरु । अब मन नलागी नलागी होइन मन खोलेर आफ्नो क्षमता देखाउनु होला । जिम्मेवारी पाइदैँन कि भनेर चिन्ता नलिनु जति ठूलो जिम्मेवारीको भारी बोक्नुहुन्छ । त्यति नै ठूलो जिम्मेवारीको भारी बोकाइन्छ ।’

KP Oli 2 2


ओलीले कार्यकर्ताले जति ठूलो भारी बोके त्यति नै धेरै फाइदा पार्टीलाई हुने भन्दै कार्यकर्ता जति धेरै सक्रिय भयो त्यति नै धेरै फाइदा पार्टीलाई हुने बताए । ‘ट्रेडमिलमा दौडिए जस्तो पसिना–पसिना बनाएर दौडिने अनि कहाँ पुगियो भन्दा त्यहि भयो भनेचाँहि हुँदैन,’ ओलीले भने, ‘योजना विहीन ढंगले गन्तव्य कहाँ हो भन्ने नभई कुदियो भने त्यो टेडमिलमा दौडिए जस्तो मात्रै हुन्छ । योजना बनाएर लक्ष्य बनाएर दौडिनुहोला । त्यो भयो भने मात्रै लक्ष्य प्राप्त गर्न सकिन्छ ।’

सधैँ अखडामा कुस्ती खेलिरहेको खलिफा (पहलमान) ले पनि कुस्ती खेल्नु अघि उठबस गरेर, अनेक गरेर आफैँ मडारिएर एक–दुई पटक मशल तताउन, नशा तन्काउन झुटो कुस्ती खेल्ने प्रसङ्ग पनि ओलीले निकाले । ‘त्यसपछि मात्रै खलिफाले कुस्ती खेल्छन् । सधैँ खेलेकाले पनि त्यसो गर्छन् । कहिल्यै नखेलेकोले त केही दिन काममा नै नगएर खेलिरहेको हुन्छ । अरु खेलमा पनि खेलअघि ‘वार्मअप’ गरिन्छ,’ ओलीले भने, ‘त्यसैले पार्टीमा पनि केही समय ‘वार्मअप’ गर्नुपर्ने हुनसक्छ । कतिपय सन्र्दभमा हामीले पार्टी बनाउने बेलामा अन्त गएको भनेर पनि भन्लान । यसमा कुन नयाँ पुरानो भन्ने मनोविज्ञानबाट मुक्त भएर अघि बढ्नुपर्छ ।’

महाकाली बेच्यो भनेर खुट्टा बजारेर पार्टी फुटाए
ओलीले कार्यक्रममा महाकाली सन्धीको प्रसङ्ग पनि निकाले। ‘तपाईँहरुले राम्ररी शिक्षा पाइसक्नु भएको छ । एक पटक लौन महाकाली बेचे–बेचे भनेर रुवावासी गरे । तर, महाकालीको कुलो उहिले पनि उतै बग्दै थियो । अहिले पनि उतै बग्दै छ । हामीले मात्रै विग्रिएको सन्धी सच्याउन मात्रै खोजेका थियौँ । त्यो सन्धि सच्चिएपछि रुवावासी गरेर कहिले आफ्नै कपाल तानेका छन् । हातखुट्टा बजोरका छन् गरेर अनेक तमासा देखाए,’ ओलीले भने, ‘त्यतिबेला देशको माया केही मान्छेहरुलाई नाटकीय ढंगले लाग्यो । अचम्म ढंगले लाग्यो, नक्कली ढंगले लाग्यो र पार्टी फुटाए । देशको माया लाग्नेले पार्टी एकजुट बनाउनुपर्छ कि पार्टी फुटाउनुपर्छ । देशको माया लाग्नेले पार्टी एकजुट बनाउने हो । त्यतिबेला पनि केही साथीहरुले नक्कली कुरा गरेर पार्टी फुटाए । पार्टी फुटाएपछि कता हरायो, महाकालीको विषय ?’

पछिल्लो पल्ट पनि राम्रो काम गर्दै गरेको दुईतिहाईको अवस्थामा पुगेको पार्टीलाई पनि फुटाउने काम भएको भन्दै ओलीले कटाक्ष गरे । ‘केहीले मलाई महान सम्मान भएन भनेर पार्टी फुटाए । त्यो पनि राजनीति हो । कम्युनिष्ट पार्टीको सरकार ढालेर दक्षिणपन्थी सरकार बनाउने प्रस्ताव लिएर अदालत गएर मलाई मुद्धा जिताइ दिनुपर्यो भने,’ ओलीले भने ‘ती अधर्मी मनोवृत्तिका मान्छेहरु अहिले मान्छेलाई झुक्याएर बसेका छन् । जनताका बिचमा गएर ‘फ्रि भिसा, फ्रि टिकट’ भनेर जनतालाई अलमल्याउने काम गरिरहेको छ । मलेसियामा कम्पनी खोलेर तालिमका लागि चारगुण बृद्धि गरेर व्यापारको राजनीति गरिरहेका छन् ।’ हिप्नोटिजम्बाट खारिएर साथीहरु आउनु भएको छ । अबको जीन्दगी अलमलिनु हुँदैन । यहाँ पक्षपात, भेदभाव हुँदैन ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७