के मिस पबी एलिनाका पूर्वप्रेमीसँग प्रेम छिन् ?


२ फाल्गुन २०८०, बुधबार
Pabi

काठमाडौं : टिकटकबाट चर्चामा आएकी मोडल मिस पबी र अष्ट्रेलियामा बस्दै आएका विष्णु सापकोटाको एक भिडियो भाइरल भएपछि दुईबीच प्रेम सम्बन्धको चर्चा सुरु भएको छ । सापकोटा गायिका एलिना चौहानका पूर्वप्रेमी हुन् ।

भिडियोमा यी दुईले एक गीतमा रिल्स बनाउँदै रमाइलो गरिरहेको देखिन्छ । मिस पबी नामले चर्चित पवित्रा साँकी यतिबेला अष्ट्रेलिया घुमघाममा व्यस्त छिन् । गत साता पोष्ट भएको सो भिडिओ अष्ट्रेलियामै खिचिएको हो । 

Miss Pabi

यसबीच, मिस पबीले सोमबार फेसबुकबाट यो चर्चाबारे प्रष्टीकरण दिएकी छन् । उनले आफ्नो स्पष्टीकरणमा आफू बुवा भेट्न र एक चलचित्र छायांकनको लागि अष्ट्रेलियाको सिड्नीमा रहेको बताएकी छन् । सोही सिलसिलामा विष्णु सापकोटा लगायतको टीमसँग भेट भएको, बिजनेस प्रमोसनको भिडिओ बनाउन त्यहाँ बोलाएको र भिडिओ खिचिएको बताएकी छन् ।

विष्णुको केही महिना अघिमात्र गायिका एलिना चौहानसँग ब्रेकअप भएको थियो । ब्रेकअप हुनेबित्तिकै अर्को अफेयर सुरू गरेको भन्दै धेरैले उनीहरूलाई नकारात्मक टिप्पणी गरिरहेका छन् ।

पबि यतिबेला अष्ट्रेलिया घुमघाममा छिन् । उनले चलचित्र ‘राजमहल’ बाट चलचित्रमा डेब्यू गर्न लागेकी हुन् । सोही चलचित्रको छायांकनका लागि उनी अष्ट्रेलिया पुगेकी हुन् । विष्णु पनि अष्ट्रेलिया नै बस्दै आएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७