एसपी सरुवामा शक्तिकेन्द्रको हस्तक्षेप


२ फाल्गुन २०८०, बुधबार
Nepal police Headquater office scaled

काठमाडौं : प्रहरी नियमावली, २०७१ ले प्रहरी निरीक्षकदेखि प्रहरी उपरीक्षक (एसपी) सम्म सरुवा गर्ने अधिकार प्रहरी महानिरीक्षकलाई दिएको छ । प्रहरी नियमावलीको धारा ४८ को सरुवा गर्ने अधिकारीको व्यवस्थाको (ग) मा लेखिएको छ, ‘प्रहरी निरीक्षकदेखि प्रहरी उपरीक्षकसम्म प्रहरी महानिरीक्षक र आफ्नो क्षेत्रभित्र प्रहरी निरिक्षकसम्म प्रहरी नायव महानिरिक्षकले गर्ने ।’

नियमावली मान्ने हो भने एसपी सरुवाको अधिकार अहिले नेपाल प्रहरीका प्रमुख प्रहरी महानिरीक्षक (आईजीपी) वसन्तबहादुर कुँवरलाई छ । आईजीपी कुँवरले कार्य सम्पादन र आबश्यकताको आधारमा एसपीहरुको सरुवा गर्न सक्छन् । बुधबार राती प्रहरी प्रधान कार्यालयले एकैचोटि ७८ जना एसपी सरुवाको सूची निकालेको छ । ७८ जनाको सरुवा गर्दा एकैपटक २५ जिल्लामा नेपाल प्रहरीका प्रमुख हेरफेर गरिएको छ ।

तर प्रहरी नियमावलीको धारा ४८ अनुसार आईजीपी कुँवरले कार्य सम्पादन र आबश्यकताको आधारमा एसपीहरुको सरुवा गरेका भने होइनन् । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सचिवालयको रुची र दबाबमा उनीहरु सरुवा भएका प्रधान कार्यालय स्रोतको भनाई छ ।

गृहमन्त्री श्रेष्ठले सरुवामा हस्तक्षेप गरेपछि आईजीपी कुँवर र प्रधान कार्यालयका उच्च अधिकारीहरुले तिव्र असन्तोष जनाएको बताइन्छ । स्रोतका अनुसार गृहमन्त्री र उनको सचिवालयले प्रहरी प्रधान कार्यालय मानव स्रोत विभागलाई पटक पटक नाम हेरफेरको निर्देशन दिएका थिए ।

बुधबार तनहुँमा अपिलराज बोहरा, बागलुङमा ऋषिराम कँडेल, पर्सामा कुमोध ढुंगेल, धादिङमा गौतम कुमार केसी र मोरङमा नवराज कार्कीलाई सरुवा गरिएको छ।

कञ्चनपुरमा चक्रराज जोशी, सर्लाहीमा दयानिधि ज्ञवाली, पाल्पामा नरेन्द्र चन्द, कैलालीमा पदम बहादुर विष्ट, बर्दियामा प्रवीण धिताल, गोरखामा वासुदेव पाठक, काभ्रेपलाञ्चोकमा वसुन्धरा खड्का र सिन्धुलीमा विनोद शर्मा सरुवा भएका छन्।

यस्तै धनकुटामा विमल बस्नेत, डोटीमा विष्णुहरि कोइराला, चितवन भावेश रिमाल, धनुषामा मित्रवन्धु शर्मा, झापामा मिलन केसी, रुपन्देहीमा रञ्जितसिंह राठौर, गुल्मी राजन भुजेल र सुर्खेतमा रुपेश खड्कालाई जिम्मेवारी दिइएको छ।

स्याङ्जामा शालिग्राम शर्मा, महोत्तरीमा श्यामकुमार राई, सिरहामा सन्तोष आचार्य र बाँकेमा सुवास चन्द्र बोहरा सरुवा भएका छन्। 

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७