सिंगटी हाइड्रोको हकप्रद सेयर खुल्यो, कहिलेसम्म दिन सकिन्छ आवेदन ?


२०८० फाल्गुण २ बुधबार ११:२१ बजे

काठमाडौं। सिंगटी हाइड्रो इनर्जीले आज (बुधबार)देखि हकप्रद सेयर निष्कासन तथा बिक्री खुला गरेको छ। कम्पनीले हाल कायम चुक्ता पुँजीको शत प्रतिशत अर्थात् १ कित्ता सेयर बराबर नयाँ १ कित्ता सेयर निष्कासन गरेको हो।

कम्पनीले १ अर्ब ४५ करोड रूपैयाँ बराबरको प्रतिसेयर १०० रूपैयाँ अंकित मूल्यका १ करोड ४५ लाख कित्ता हकप्रद सेयर निष्कासन गरेको छ।

उक्त हकप्रद निष्कासन प्रयोजनका लागि कम्पनीले पुस २२ गते बुक क्लोज गरेको छ। बुक क्लोजको आधारमा पुस १९ गतेसम्म कायम सेयरधनीहरूले सो हकप्रद सेयरका लागि आवेदन दिन सक्नेछन्।

कम्पनीको हकप्रद सेयरमा फागुन २२ गतेसम्म आवेदन दिन सकिनेछ। कम्पनीलाई केयर रेटिङ नेपालले केयर एनपी डबल बी इस्युअर रेटिङ प्रदान गरेको छ। यसले समयमा वित्तीय दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको जनाउँछ।

कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक कुमारी क्यापिटल लिमिटेड रहेको छ। आवेदकले कुमारी बैंक, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक, प्रभु बैंक र नेपाल बैंकका तोकिएका शाखा कार्यालयहरूबाट आवेदन दिन सक्नेछन्।

यस्तै, नेपाल धितोपत्र बोर्डबाट अनुमति लिई आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरूबाट सी–आस्बा प्रणालीमार्फत् र सिडिएस एण्ड क्लियरिङबाट निर्माण गरिएको सफ्टवेयर ुमेरो सेयरु अनलाइन प्रयोग गरी आवेदन दिन सकिनेछ।

लेखक चिनारी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७