नेपालले नामिबियाविरुद्ध ब्याटिङ गर्दै


२०८० फाल्गुण ३ बिहीबार ०८:०६ बजे

काठमाडौं : नेपालले आईसीसी क्रिकेट विश्वकप लिग-२ त्रिकोणात्मक ओडीआई सिरिजअन्तर्गत पहिलो खेलमा आज नामिबियासँग खेल्दैछ । खेल बिहान ९ : ३० मा टीयु क्रिकेट मैदानमा सुरु हुनेछ ।

२०२७ सम्म चल्ने लिग-२ मा नेपालसहित ८ टोलीको सहभागिता हुनेछ । पहिलो सिरिजमा नेपाल, नामिबिया र नेदरल्यान्यड्सबीच प्रतिस्पर्धा हुनेछ । नेपाल र नामिबिया दुवै विजयी सुरुआत गर्न चाहन्छन् ।

आइसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत २०२४-२७ सिजनको पहिलो खेलमा आज नेपाल र नामिबिया भिड्दैछन् ।नामिबियाले टस जितेर पहिलो फिल्ड गर्ने निर्णय लिएको छ । नेपालले पहिलो ब्याटिङ गर्दैछ ।

नेपालको टोली : रोहित पौडेल, आसिफ शेख, अनिल शाह, कुशल भुर्तेल, कुशल मल्ल, पवन सर्राफ, भीम सार्की, गुलशन झा, सोमपाल कामी, करण केसी, ललित राजवंशी,

बेन्च : सूर्य तामाङ, देव खनाल, दीपेन्द्र सिंह ऐरी, आरिफ शेख

नामिबियाको टोली : जेरार्ड एरास्मस (कप्तान), जेन ग्रिन (विकेटकिपर), जेजे स्मिट (उपकप्तान), माइकल भान लिंगेन, निकोल लोफ्टि(इटन, जान फ्रिलिंक, रुबेन ट्रम्पलम्यान, निको डाभीन, टांगेनी लुंगामेनी, ज्याक ब्रेसल, बर्नार्ड स्कोल्ज

लेखक चिनारी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७