करिब एक करोड विदेशी मुद्रासहित विमानस्थलबाट दुई जना पाकिस्तानी पक्राउ


२०८० फाल्गुण ३ बिहीबार ११:५८ बजे

काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयले करिब एक करोड विदेशी मुद्रासहित विमानस्थलबाट दुई जना पाकिस्तानी नागरिकलाई पक्राउ गरेको छ ।

फ्लाई दुबई एयरलाइन्समार्फत नेपाल आएका पाकिस्तानी वर्ष ३१ का येसीन अहमद र वर्ष ४८ का मोहम्मद अदनान लखानीलाई उक्त रकमसहित प्रहरीले नियन्त्रणमा लिएको हो ।

अन्तर्राष्ट्रिय उडान तर्फको आगमन गेटमा शंका लागि चेकजाँच गर्दा निजहरुको साथबाट डेनमार्कको मुद्रा ५ लाख (नेपाली ) ९५ लाख ४३ हजार ३८४ रुपैयाँ०सहित पक्राउ गरिएको हो । उनीहरूलाई थप अनुसन्धानका लागि प्रहरी बृत्त गौशलामा राखिएको छ ।

लेखक चिनारी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७