अनुसन्धानको त्रुटीले सुन भेटिएन : पूर्व प्रहरी अधिकारी


२० जेष्ठ २०७५, आईतवार
2007451012Police officer 1

काठमाडौं, २० जेठ । साढे ३३ किलो सुन तस्करी र सनम हत्या प्रकरणमा प्रहरी अधिकारीसहित सुन तस्करका नाइके भनिएकाहरु पक्राउ परेर कारागार चलान भइसक्दा समेत हराएको सुन अझैसम्म पत्तो लाग्न सकेको छैन ।2007451012Police officer 1

सुन काण्डमा मुछिएका धेरैमाथिको अनुसन्धान र बयानले पनि सुन कहाँ छ भन्ने कुरा रहस्यमय नै रहेका बेला नागरिकमा मात्र होइन स्वयम् प्रहरीका पूर्व अधिकारीहरुले पनि यतिका अनुसन्धानपछि त सुन कहाँ छ भन्ने सुराकी मिल्नु पर्ने तर्क अगाडि सारेका छन् ।
प्रहरीका पूर्व अधिकारीहरु सुन तस्करी छानविन समितिको त्रुटीका कारण अहिलेसम्म सुन तस्करीका मुख्य नाइके र सुन कहाँ छ भन्ने कुरा खुल्न नसकिरहेको औंल्याएका छन् । साढे ३३ किलो सुन र सनम शाक्यको हत्या प्रकरण काण्डलाई नजिकबाट नियालिरहेका पूर्व एआइजी राजेन्द्रसिँह भण्डारी, डीआइजी हेमन्त मल्ल र रमेश खरेलले समितिको कार्यशैलीको त्रुटि र प्राविधिक कमजोरीलगायतका कारण सुन तस्करी छानविन उपलब्धीमुलक बन्न नसकिरहेको औंल्याएका छन् ।

पूर्व एआइजी राजेन्द्रसिँह भण्डारी सरकारले अपराधविरुद्ध थालेको अभियान सकारात्मक भए पनि अनुसन्धानमा केही त्रुटी देखिएको दावी गर्छन् । उनले गम्भिर प्रकृतिको अनुसन्धानका लागि प्रहरीले विभिन्न रणनीति बनाउने गरेको भए पनि यो काण्डमा प्रहरीको अनुसन्धान रणनीतिक बन्न नसकेको बताउँछन् ।

सुन काण्डमा पक्राउ परेका कसैले पनि एसएसपी विदेश लोहनीको नाम लिएको नदेखिएको र संकलन भएका तथ्य र प्रमाणले पनि दिवेशलाई चिनेको छैन भनिएको अवस्थामा लोहनीको पक्राउ अलि हतारो भएको टिप्पणी गरेका छन् । ‘लोहनी एक सक्षम प्रहरी अधिकारी हुन्, यस्तो विषयमा प्रहरी संगठन पनि बोल्नुपथ्र्यो, तर त्यस्तो देखिएन’ उनले भने । उनले काम गर्दा कतिपय प्राविधिक कमजोरी भएको भए प्रारम्भमा आन्तरिक छानबिन हुनुपर्ने तर्क गरे ।

पूर्व डीआइजी हेमन्त मल्ल पनि अनुसन्धान समितिको कार्यप्रति सन्तुष्ट बन्न नसकिने बताउँछन् । उनी भन्छन्, ‘कपिपय अवस्थामा प्रहरीले कयौं अभियुक्तलाई देखे पनि नदेखे जस्तो गर्नुपर्छ , किनी उनीहरुको माध्यमबाट अपराधीको माथिल्लो जालोमा प्रहरी पुग्न सक्छ ।’
पूर्व डीआइजी रमेश खरेलले त छानबिन समितिका संयोजक ईश्वरराज पोखरेललाई नै कुनै अनुभव नभएको आरोप लगाएका छन् । छानबिन समितिको अनुसन्धान पूर्वाग्रही भएको उनी बताउँछन् । प्रहरी अधिकारीलाई फसाउन सहयात्री व्याच र माथिल्लो निकायकै अधिकारी लागेको उनको दाबी छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७