डनविरुद्ध प्रहरीको अपरेशन : ‘सानुभाई डन’ विरुद्ध मुद्धा दर्ता


२०८० फाल्गुण ३ बिहीबार ०७:४९ बजे

काठमाडाैं : पछिल्लो समय राजधानीका विभिन्न स्थानमा हप्ता असुली, गुण्डागर्दी र कुटपिटको घटनामा संग्लन रहेक 'सानुभाई डन' उर्फ युवराज गुरूङविरुद्ध मुद्धा दायर भएको छ । 

जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले सानुभाइसहित थोते भन्ने बिसु तामाङ, मार्शल भन्ने शैलेन्द्र तामाङ, कमल तामाङ, शेरबहादुर भन्ने शेरलाल पौडेल, बिनोद तामाङ र रघु तामाङविरूद्ध मुद्दा दर्ता गरेको हो । उनीहरूमध्ये विश्व र मार्शल पक्राउ परेका छन् भने अन्य फरार छन् । 

गत माघ ६ गते ठमेलको छाँया सेन्टरमा रहेको प्लेब्वाई क्लबको पार्किङमा सानुभाइको समूहले छमबहादुर पुनमाथि आक्रमण गरेको थियो । जाहेरीमा सानुभाईको समूहसँग कुनै रिसइबी नभएको उल्लेख छ । 

‘सानुभाइ हामी भएको ठाउँमा आएर मलाई ओइ त यता आइज काम छ भनी धम्कीपूर्ण खालका भाषाले बोलाएर केही पर लगे र उक्त सूमहले मलाई घेरा हालेर विभिन्न धाकधम्की देखाउँदै लात्ता मुक्का, हेल्मेट, नकसमेतले प्रहार गरी कुटपिट गरेका हुन्’, जाहेरीमा भनिएको छ । 

नुवाकोट घर भई हाल टोखा बस्दै आएका ३३ वर्षीय सानुभाइ यसअघि पनि पटकपटक कुटपिटका घटनामा पक्राउ पर्दै र छुट्दै आएका व्यक्ति हुन् । चार महिनाअघि पनि उनको समूहले ठमेलकै ओम्निया क्लबमा हप्ता असुलीको नाममा बबन्डर मच्चाएको थियो । 

त्यसबेला सानुभाइ पक्राउ परेर दुई हप्ता जेल बसेका थिए ।

लेखक चिनारी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७