ललिता निवास प्रकरण : पूर्वमन्त्री जोशीले पाए सफाइ


२०८० फाल्गुण ३ बिहीबार १०:५५ बजे

काठमाडौं : ललिता निवास प्रकरणमा पूर्वमन्त्री चन्द्रदेव जोशीले सफाइ पाएका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दायर गरेको मुद्दाको बिहीबार फैसला गर्दै विषेश अदालतले जोशीलाई पनि सफाइ दिएको हो ।

विशेष अदालत, काठमाडौंका न्यायाधीशहरू खुशीप्रसाद थारु, रामबहादुर थापा र रितेन्द्र थापाको संयुक्त इजलासले पूर्व मन्त्री जोशीलाई सफाइ दिएको हो। उनीसँगै पूर्व सचिव दिनेश अधिकारीले पनि सफाइ पाएका छन्।

२०७६ माघ २२ गते अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गर्दा जोशीविरुद्ध ७ करोड ८ लाख बिगो माग गरेको थियो ।

यो प्रकरणमा सचिव अधिकारीले पुनः प्रस्ताव पेश गरेको र मन्त्री जोशीले मन्त्रिपरिषदमा पेश गर्न स्वीकृति दिएकाले उनीहरुको बदनियत पुष्टि नहुने विशेष अदालतले ठहर गरेको छ ।

विशेष अदालतको फैसलाको अंश 

मिसिल संलग्न प्रमाण कागजातबाट प्रतिवादी दिनेशहरि अधिकारीले मिति २०६३/०९/२६ को मन्त्रिपरिषदको निर्णय बमोजिम परिवर्तित सन्दर्भमा पुनः प्रस्ताव पेश गरेकोसम्म देखिएको र अर्का प्रतिवादी चन्द्रदेव जोशीले तत्कालिन भूमिसुधार तथा व्यवस्था मन्त्रीको हैसियतले नेपाल सरकार मन्त्रिपरिषदमा पेश गर्न सोही प्रस्तावलाई स्वीकृतिसम्म जनाएको देखिन आएको आलोकमा सो कार्य निज प्रतिवादीहरुको बदनियत तत्वको अभाव देखिएकाले प्रतिवादीहरु दिनेशहरि अधिकारी र चन्द्रदेव जोशीले आरोप दाबीबाट सफाइ पाउने ठहर्छ ।

लेखक चिनारी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७