सेनाभित्र कमिसन खेल : गुणस्तरहीन जुत्ता खरिद


४ फाल्गुन २०८०, शुक्रबार
Nepal army HQ

काठमाडौं : नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्माको कार्यकाल अब क्रमशः अन्त्यतिर आएको छ । उनको कार्यकालमा काठमाडौं–तराई द्रुत मार्गको लागत बढाउँदै २ खर्ब पुग्न लागेको छ ।

द्रुत मार्गका प्रमुख विकास पोखरेलले चाइनीज ठेकेदार कम्पनी र कोरियन परामर्शदातासँग मिलेर गरेको नांगो भ्रष्टाचारमा प्रधानसेनापतिले साथ दिएका बिषय सतहमा आइ नै रहे । विकास समितिले चरम भ्रष्टाचार देखेपछि ठेक्का रोक्न खोज्दा सेनापतिले नै नेताहरुलाई भनेर सामसुम पारेका बिषय पनि आए ।

सेनाको बन्दोबस्तीका सामान खरिद गर्ने सम्भारमा पनि उनको कार्यकालमा धेरै चलखेल भएको कुरा बाहिर आएको छ । सेनाको स्पोर्टस् जुत्तामा यस्तो धेरै चलखेल भएको हो ।

एकातिर सेना नेपाली उद्योग बचाउन भन्दै हेटौंडा कपडा उद्योग चलाउने अभियानमा लागेको छ । तर आफैंले प्रयोग गर्ने स्पोर्टस् जुत्ता भने स्वदेशी कम्पनीको उत्पादन नलिएर कमिसनको सेटिङमा चाइनिज जुत्ता ल्याउने गरी ठेक्का दिन्छ । यसबाट सेनाभित्र सामान खरिदमा हुने गरेको चलखेल प्रष्ट हुन्छ ।

सेनाले २०७६-७७ सालमा स्पोर्टस् जुत्ताको टेण्डर चाइनिज जुत्ताको नमूना हाल्ने कम्पनीलाई दिएको थियो । तर चाइनिज स्पोर्टस जुत्ता गुणस्तर नभएको र अत्यन्तै कमजोर भएको भन्दै सेनाभित्र नै विवाद भयो । उक्त विवादमा तत्कालीन उपरथी एवं हालका रथी अशोक सिग्देलको नाम पनि जोडियो ।

धेरै बिबाद भएपछि सेनाले अब चाइनिज स्पोर्टस् जुत्ता नलिने निर्णय गर्दै स्वदेशी उत्पादन खरिद गर्ने निर्णय गर्यो । सेनाले सोही अनुरूप स्वदेशी कम्पनी गोल्डस्टारलाई स्पोर्टस जुत्ताको ठेक्का दियो ।

चाइनिज भन्दा राम्रो र गुणस्तरीय एवं बलियो भन्दै सेनामा प्रशंसा भइरहेको बेला यो बर्षको स्पोर्टस जुत्ताको ठेक्का भने फेरि स्वदेशी कम्पनीलाई नदिएर चाइनिज जुत्ता ल्याउने कम्पनीलाई दिइएको छ । यस ठेक्कामा ठूलो आर्थिक चलखेल भएको समेत आरोप लागेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७