नेपाललाई स्तब्ध पार्दै मलेसिया प्रिमियर कपको फाइनलमा


२०८० फाल्गुण ४ शुक्रबार ०७:१७ बजे

काठमाडौं । एसीसी वुमन्स प्रिमियर कप २०२४ को सेमिफाइनलमा नेपाल मलेसियासँग ४ विकेटले पराजित भएको छ। घरेलु टोली मलेसियाले नेपाललाई हराउँदै एसीसी महिला प्रिमियर कपको फाइनलमा प्रवेश गरेको छ । सेमिफाइनलमा ४ विकेटको जित दर्ता गर्दै मलेसियाले एसीसी महिला एसिया कपमा पनि स्थान पक्का गरेको छ ।

घरेलु टोली मलेसियाले नेपाललाई हराउँदै एसीसी महिला प्रिमियर कपको फाइनलमा प्रवेश गरेको छ । सेमिफाइनलमा ४ विकेटको जित दर्ता गर्दै मलेसियाले एसीसी महिला एसिया कपमा पनि स्थान पक्का गरेको छ ।नेपालले दिएको ११६ रनको लक्ष्य मलेसियाले अन्तिम ओभरमा पूरा गरेको छ।

मलेसियाका लागि एलिसा हन्टरले ५३ बल खेल्दै ६९ रनको उत्कृष्ट पारी खेलेकी थिइन्। उनले ६ चौका प्रहार गरिन्। नेबलरले खासै राम्रो प्रदर्शन गर्न नसक्दा नेपाल पराजित हुन पुग्यो।

टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै ११५ रन बनाएको थियो। नेपालकी कप्तान इन्दु बर्मा ३७ बलमा २ चौकासहित २९ रन बनाइन्। डली भट्टले १४ बलमा १ चौका र २ छक्कासहित २५ रनको योगदान दिएक थिइन्।

मलेसियाकी महिराह इजाती इस्मालीले ४ ओभरमा १० रन खर्चेर २ विकेट लिइन्। विनिफ्रेड दुराईसिंघमले १ विकेट लिइन्। मलेसियासँग पराजित भएसँगै नेपाल यसै वर्ष हुने महिला टी-२० एसिया कप खेल्न पाउने अवरबाट बञ्चित भएको छ।

लेखक चिनारी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७