मोवाइल हरायो ? यसरी आफै पत्ता लगाउनुस्


२० जेष्ठ २०७५, आईतवार
imei number

काठमाडौं, २० जेठ । कहिलेकाँही यात्रा वा बसेकै ठाउँमा पनि मोवाइल छोडिएर हराउन सक्छ । सज्जन मानिसको हातमा परेको खण्डमा मात्र हराएको मोवाइल फिर्ता हुने सम्भावना हुन्छ । नत्र उस्तैले फर्काउँदैनन् ।imei number

मोवाइल हराउँदा आर्थिक रुपमा नोक्सानी मात्र हुँदैन त्यहाँ सेभ गरिएका महत्वपूर्ण सम्पर्क नम्बर र अन्य गोप्य फोटो, भिडियो समेत अर्को व्यक्तिको हातमा पर्न सक्छ । यसले तपाईलाई अप्ठ्यारोमा समेत पार्न सक्छ । यसैले केहि कारण मोवाइल हराएमा के गर्ने त ? यसका बारेमा हामी तपाईलाई जानकारी दिन गइरहेका छौं ।

मोबाइल हराएमा वा चोरी भएमा खोजी गर्नका लागि आइएमइआई नम्बर भएमा सजिलो हुन्छ । प्रत्येक मोबाइल सेटको आइएमइआई नम्बर फरक–फरक हुन्छ । आइएमइआई भनेको इन्टरनेसनल मोबाइल इक्विपमेन्ट आइडेन्टिटी हो । यो मोबाइलको परिचय दिने १५ वा १७ अंकको हुन्छ । यो विशेष गरी मोबाइलको पछाडिको भागमा अर्थात् ब्याट्री राख्ने ठाउँको मुनि लेखिएको हुन्छ । त्यस्तै मोबाइलमा *#06# डायल गरेर पनि आफ्नो आइएमइआई नम्बर पत्ता लगाउन सकिन्छ ।

मोबाइल हराएमा वा चोरी भएमा नजिकको नेपाल प्रहरीको कार्यालयमा निवेदन दिनु पर्छ । उक्त निवेदनका साथ आइएमइआई नम्बर पनि उपलब्ध गराउनु पर्छ । तपाईले निवेदन दिए पछि त्यसै अनुसार प्रहरीमार्फत नै मोबाइल सेटको खोजी हुन्छ । यसबाट मोबाइल सेट पाइने सम्भावना धेरै हुन्छ । प्रहरीले ट्रयाकिङ गरी उक्त सेटको खोजी गर्छ । एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७