साग स्वर्ण विजेता पुनम श्रेष्ठलाई राखेपले दियो उपचार खर्च


२०८० फाल्गुण ४ शुक्रबार ०६:५४ बजे

काठमाडौं । चीनको हाङझावमा भएको १९औं एसियाली खेलकुदमा प्रतिस्पर्धा गर्ने क्रममा घाइते भएकी जुडो खेलाडी पुनम श्रेष्ठले माग गरेको उपचार खर्च राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले निकासा गरेको छ ।

श्रेष्ठले एसियाली खेलकुदमा खेल्ने क्रममा दायाँ खुट्टाको घुडाको एसीएल टियरको शल्यक्रिया गर्नु पर्ने भएकोले राखेपमा माघ ४ गते निवेदन दर्ता गराएकी थिइन्।

राष्ट्रिय खेलकुद परिषद्को ताकेतापछि मात्र बिलहरु प्राप्त भइ २०८० साल फागुन १ गते प्रकृया पूरा भएको थियो । सोही दिन राखेप सदस्य-सचिवले पुनम श्रेष्ठको उपचार खर्चको फाइल सदर गरेका थिए ।

निवेदन दर्ता गराउदा ठाडो निवेदन बाहेक अन्य आवश्यक कागजात केहि थिएन। आर्थिक नियमावली अनुसार ठाडो निवेदनको भरमा कसैलाई पनि भुक्तानी निकासा दिन नमिल्ने भएकोले राष्ट्रिय खेलकुद परिषद्ले नै १३ औं दक्षिण एसियाली खेलकुदकी स्वर्ण विजेता समेत रहेकी श्रेष्ठलाई नेपाल जुडो संघमार्फत ताकेता गरिएको थियो ।

राष्ट्रिय खेलकुद परिषद्को ताकेतापछि मात्र बिलहरु प्राप्त फागुन १ गते प्रकृया पूरा भएको थियो। सोही दिन राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङले श्रेष्ठको उपचार खर्चको फाइल सदर गरेका थिए।

फाइल सदर भएको भोलिपल्ट फागुन २ गते श्रेष्ठलाई उपचार खर्च वापत १ लाख ४४ हजार ९४३ रुपैयाँ राष्ट्रिय खेलकुद परिषद्ले उपलब्ध गराइसकेको छ।

लेखक चिनारी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७