श्रीमान अर्कैसँग लागेको भन्दै आमाले छोरीसहित पेट्रोल खन्याएर लगाइन् शरीरमा आगो


५ फाल्गुन २०८०, शनिबार
fire

झापा । श्रीमान अर्कै महिलासँग लागेको भन्दै झापाको बुद्धशान्तिकी एक महिलाले पाँच वर्षकी छोरीसहित आत्मदाहको प्रयास गरेकी छन् ।

गए राति ८.३० बजेको समयमा बुद्धशान्ति २ गोपालडाँडा घलेगाउँ बस्ने राजन विककी श्रीमती २८ वर्षीया माया रम्तेलले छोरी ५ वर्षीया वर्षा बिकलाई आफ्नै शरीरमा सलले बाँधेर शरीरभरि पेट्रोल खन्याई आफैंले आगो लगाएकी हुन् ।

उनीहरू जल्दै गरेको देखेर स्थानीयबासीले उनीहरूको शरीरमा लागेको आगो निभाएका थिए । जिल्ला प्रहरी कार्यालय, झापाका अनुसार उनीहरूको उपचार बिर्तामोडस्थित बिएण्डसी अस्पतालमा भइरहेको छ । माया रम्तेलको शरीरको सम्पूर्ण भाग जलेकोले अवस्था गम्भीर रहेको अस्पतालले जनाएको छ । बोल्न नसक्ने छोरी वर्षा विकको शरीरको विभिन्न भाग जलेको र अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ ।

घटनास्थल नजिकै सुसाइड नोट समेत फेला परेको प्रहरीले जनाएको छ । उक्त नोटमा श्रीमान् अन्य महिलासँग सम्वन्धमा रहेको कारण बाध्य भएर यस्तो निर्णय लिन पुगेको लेखिएको छ । श्रीमान् राजनलाई प्रहरीले पक्राउ गरेर अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७