कसरी हटाउने मोवाइलको भाइरस ?


२० जेष्ठ २०७५, आईतवार
mobile
सांकेतिक तस्वीर

काठमाडौं, २० जेठ । सञ्चारका साधन प्रयोगमा एउटा समसया जहिले पनि हुने गर्छ । त्यो हो–भाइरस । एउटा मोवाइलबाट अर्कोमा डाटा सार्दा होस् वा कम्प्युटरबाट डाटा सार्दा भाइरस पस्ने जोखिम हुन्छ । भाइरसयुक्त सञ्चार साधनबाट डाटा सार्दा भाइरस नभएको अर्को साधनमा पनि भाइरस पस्ने हुन्छ । यसले हाम्रो महत्वपूर्ण डाटा हराउनुका साथै काम पनि स्लो गराउँछ । उसो भए कसरी भाइरसबाट जोगिने त ?mobile

एन्ड्रोइड अपरेटिङ सिस्टम भएका स्मार्टफोन प्रयोगकर्ताहरु धेरै संख्यामा रहेका छन् । एन्ड्रोइड एक ओपन अपरेटिङ सिस्टम भएका कारण जहाँबाट पनि भाइरस आउन सक्छ । यस्ता भाइरसले आफ्नो मोबाइल वा ट्याबलेटको डाटाहरु सबै काम नलाग्ने बनाउन सक्छन् । त्यसैले आफ्नो मोबाइलमा भाइरस पसेको छ भन्ने लागेमा त्यसलाई हटाउनु पर्छ । एन्ड्रोइड अपरेटिङ सिस्टमसँग जोडिएका केही सजिला स्टेपहरु रहेका छन् जसले आफ्नो डिभाइसको भाइरस हटाउन मद्दत गर्छ ।

१) स्मार्टफोलाई सेफ मोडमा रिबुट गर्ने : यसरी सेफ मोडमा रिबुट गर्दा थर्ड पार्टी एप्ससँग रन भइरहेका भाइरस हो सिधै बन्द हुन्छन् । यदि मोबाइलमा सेफ मोड रिबुट अप्सन छैन भने पावर बटनलाई केही बेरसम्म थिचिराख्दा रिबुटको अप्सन आउँछ ।

२) डिभाइस सेटिङ : स्मार्टफोन वा ट्याबलेट रिस्टार्ट भएपछि सबैभन्दा पहिले डिभाइस सेटिङमा जाने र एप्सको अप्सन खोल्ने । यहाँ डिभाइसमा भएका सबै एप्स आउँछन् । यहाँ कुनै एपहरु रन भएका हुँदैनन् । यहाँ भाइरस भएमा भाइरस भने रन मोडमा रहेका हुन्छन् ।

३) मलिसियस एप अनस्टल गर्ने : यो एप लिस्टमा भाइरस भेटिएमा त्यसलाई सबैभन्दा पहिले अन्स्टल गर्ने र त्यसपछि रिमुभ गर्ने । यदि भाइरसवाला एपमा अनस्टलको अप्सन छैन भने डिभाइस एड्मिनिस्ट्रेटर सेटिङमा जानुपर्ने हुन्छ ।

४) डिभाइस एड्मिनिस्ट्रेटर : डिभाइस एड्मिनिस्ट्रेटर सेटिङमा गएपछि एड्मिनिस्ट्रेटर स्टाटसमा इनस्टल एपको पुरै लिस्ट आउँछ । यसबाट आफूलाई जुन एप नचाहिने हो त्यसलाई अनस्टल गरिदिने । यसका लागि स्क्रिनमा भएको विन्डोमा डिएक्टिभेटको अप्सन छान्नुपर्ने हुन्छ ।

५) नर्मल मोडमा रिस्टार्ट गर्ने : आफूलाई नचाहिने सबै एपहरु हटाएपछि आफ्नो स्मार्टफोन वा ट्याबलेटलाई फेरि नर्मल मोडमा रिस्टार्ट गर्ने । यति गरेपछि डिभाइस सेफ मोडमा आउँछ र भएको भाइरस पनि हटेर जान्छ । एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७