गोरेले रजिष्टरमा लेखेको नामको मान्छे म होइन : छिरिङ वाङ्गेल घले (वयानसहित)


२० जेष्ठ २०७५, आईतवार
morang dc 1 copy1

मोरङ, २० जेठ । साढे ३३ किलो सुन तस्करी र सनम शाक्य हत्या प्रकरणमा आजै जिल्ला अदालत मोरङमा आत्मसमर्पण गरेका छिरिङ वाङ्गेल घलेले आफू सुन तस्करीमा संलग्न नभएको बयान दिएका छन् ।morang dc 1 copy1

आइतबार मोरङ जिल्ला अदालतमा आत्मसमर्पण गरेका उनले आजैको बयानमा भने, ‘गोरेले रजिष्टरमा लेखेको भनेको नाम अर्कैको हुन सक्छ, म त्यो व्यक्ति होइन ।’ आफू सुनको कारोबार गर्ने व्यक्ति नभएको दावी गर्दै घलेले आफूलाई फसाउनका लागि प्रपञ्च रचिएको हुन सक्ने औंल्याएका छन् ।

अदालतमा दिएको बयानमा उनले भनेका छन्, ‘गोरे भन्ने चुँडामणि उप्रेतीले आफू तथा आफ्ना समूहका मानिसहरुलाई बचाउन त्यस्तो लेखाएको हुनुपर्छ । मेरो नाम छिरिङ वाङ्गेल गुरुङ हो । रजिष्टरमा उल्लेखित मानिस अर्कै छिरिङ पनि हुन सक्छ । म होइन । म सुनको कारोबार नगर्ने मानिस भएको हुँदा मैले सुनको विषयमा कसैसँग सेटिङ मिलाउने वा कसैको घर भाडामा खोजेको कुरा नै आउँदैन ।’

हेर्नुस् जस्ताको तस्तै बयान123456 178910

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७